बुटवल :- दुई वर्षअघि जापान पुगेका गायक तथा गीतकार सन्तोष खत्री अब पूर्ण रूपमा जापानी भाषामा आधारित नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेका छन्।

“まだ行く まだ行く” शीर्षक रहेको उक्त गीतको शब्द, लय तथा संगीत स्वयं खत्रीकै रहेको छ भने गीतको एरेन्ज संगीतकार Binod Rasailyले गरेका हुन्।
विशेष कुरा, उक्त गीतमा कुनै पनि नेपाली शब्द प्रयोग गरिएको छैन। जापानी श्रोतामाझ नेपाली कलाकारको सांगीतिक पहिचान स्थापित गर्ने उद्देश्यसहित गीत तयार गरिएको कलाकारले बताएका छन्।
गीतले राम्रो प्रतिक्रिया पाउनेमा आफू आशावादी रहेको बताउँदै खत्रीले नेपालभन्दा बढी जापानी श्रोतालाई लक्षित गरेर यो गीत निर्माण गरिएको जानकारी दिएका छन्।

गीत सार्वजनिक भएसँगै जापानमा आयोजना हुने विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुँदै आफ्नै स्टेज शोको सुरुवात गर्ने योजना समेत रहेको उनले बताएका छन्।
उक्त गीत यही हप्ता YouTube मा रहेको “Santosh Khatri” च्यानलमार्फत सार्वजनिक हुने जनाइएको छ। 🎧✨

