By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

News Desk
News Desk
२०८३ भाद्र २१, आईतवार २०:१२

काठमाडौं :-नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक असमझदारी र दूरी कम गर्ने प्रयासस्वरूप नेता डा. शेखर कोइराला र पार्टी सभापति गगन थापाबीच आइतबार भेटवार्ता भएको छ।
काठमाडौंमा आइतबार मध्याह्न साढे १२ बजे भएको भेटमा पार्टीभित्र देखिएका आन्तरिक समस्या, त्यसको समाधान र कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ।

भेटका क्रममा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राखेका थिए। पार्टी एकता कायम गर्न आफ्नो तर्फबाट आवश्यक त्याग गर्नसमेत तयार रहेको उनले स्पष्ट पारेको बताइएको छ।

सभापति थापाले पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका थिए। पछिल्लो समय कांग्रेसभित्र देखिएको असमझदारी र नेताहरूबीच बढेको दूरीलाई कसरी कम गर्ने तथा पार्टीभित्र सहकार्यको वातावरण कसरी बलियो बनाउने भन्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ।

दुई नेताबीचको छलफल पार्टीको आन्तरिक विषयमा मात्रै सीमित रहेन। भदौ १० गते नेपाल–चीन सीमा क्षेत्र रसुवामा आएको विनाशकारी बाढी तथा त्यसपछि रसुवा, नुवाकोट र धादिङमा उत्पन्न परिस्थितिबारे पनि छलफल भएको थियो।

बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा राज्यसँगै राजनीतिक दलको भूमिका प्रभावकारी हुनुपर्ने भन्दै कांग्रेसले पार्टीगत रूपमा खेल्न सक्ने भूमिकाबारे समेत दुई नेताबीच कुराकानी भएको बताइएको छ।

पार्टीभित्र मतभिन्नता र असमझदारी देखिएका बेला भएको शेखर–गगन भेटलाई कांग्रेसभित्र संवाद बढाउने प्रयासका रूपमा हेरिएको छ। दुवै नेताले पार्टी एकतामा जोड दिएकाले अब उक्त संवादले कांग्रेसको आन्तरिक सम्बन्ध र आगामी राजनीतिक गतिविधिमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोमा रहनेछ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
तिलोत्तमा–५ मा विष्णु पौडेलको घरदैलो तीव्र, विकासका एजेन्डा दोहोर्‍याए
जेन–जी आन्दोलन प्रकरण : मानवअधिकार आयोगमा मेयर बालेनको दुई घण्टा बयान, छानबिन तीव्र
अष्टलक्ष्मी शाक्यको सन्देशः व्यक्ति होइन, विधिले पार्टी चल्नुपर्छ
गोबिन्द भुषालको अध्यक्षतामा राष्ट्रिय लोक सञ्चारकर्मी लुम्बिनी प्रदेश समिति चयन
रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?