By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

News Desk
News Desk
२०८३ भाद्र २१, आईतवार २०:३८

काठमाडौँ :-विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको नेपालका प्रभावित नागरिकका लागि पाकिस्तानले १०० टन मानवीय सहायता पठाएको छ। विपद्को कठिन घडीमा राहत सामग्रीसहित पाकिस्तानले नेपालप्रति ऐक्यबद्धता जनाएको हो।

पाकिस्तानबाट पठाइएको राहत सामग्रीमा पाल, कम्बल, चटाई, सरसफाइका सामग्री तथा औषधि समावेश छन्। बाढीका कारण घरबार गुमाएका तथा अस्थायी आश्रयमा बसिरहेका नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न ती सामग्री पठाइएको हो।

पाकिस्तानका विदेशमन्त्री इशाक डारले विपद्बाट प्रभावित नेपाली परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा पाकिस्तान नेपालसँगै रहेको बताएका छन्। उनले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन पाकिस्तान तयार रहेकोसमेत बताएका छन्।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। पछिल्लो विवरणअनुसार बाढीमा परी हालसम्म १ हजार ३४२ जनाको मृत्यु भएको छ भने करिब ४ हजार ९९६ जना अझै बेपत्ता छन्।

बाढीले घर तथा बस्ती मात्रै होइन, सडक, पुल र जलविद्युत् आयोजनासहितका महत्वपूर्ण पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत र पुनःस्थापनाको काम जारी रहेका बेला अन्तर्राष्ट्रियस्तरबाट पनि सहयोग जुट्ने क्रम बढेको छ।

विपद्ले सीमाना छुट्याउँदैन, र पीडाको समयमा प्राप्त हुने सहयोगले देशहरूबीचको सम्बन्धलाई मानवीय तहमा अझ नजिक ल्याउँछ। पाकिस्तानबाट आएको १०० टन राहत सामग्री बाढीपीडितका लागि तत्काल आवश्यक वस्तुको सहयोगसँगै कठिन घडीमा नेपालप्रति व्यक्त गरिएको साथ र ऐक्यबद्धता पनि हो।

Facebook Comments Box
Total Views: 0
बझाङ जीप दुर्घटना अपडेट : प्रदेशमन्त्री सिंह गम्भीर घाइते
गुल्मी महोत्सवमा राजेश हमाल, इन्द्रेणी टिम र एकसय बढी कलाकारहरुको प्रस्तुति रहने
के हुन्छ, जब आफूखुसी फ्लेक्सन खान्छौं
वडास्तरको विकास र जिम्मेवारी: टोख–१
मध्यपूर्वमा २० नेपाली घाइते, एकको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

भरतपुरमा फलामको रड प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

आधुनिकताको प्रभावले हराउँदै देउसी–भैलोको मौलिकता

रुपन्देहीमा सात जना पक्राउ

२०८३ कार्तिक २५, बुधबार १९:२६

अनलाइन ठगीको रकम एक घण्टाभित्र रोक्का गर्ने लक्ष्यसहित नेपालमा एन्टी साइबर स्क्याम सेन्टर सञ्चालन हुँदै

रुपन्देहीमा परीक्षा नदिई र नतिजा सच्याएर निकालिएका १३ लाइसेन्स रद्द गर्न अख्तियारको निर्देशन

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १४औँ चार्टर नाइट सम्पन्न, संस्थापकहरूलाई सम्मान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?