By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मैनाबगर अटोभिलेज : अव्यवस्थाबाट व्यवस्थिततर्फ

मैनाबगर अटोभिलेज : अव्यवस्थाबाट व्यवस्थिततर्फ

News Desk
News Desk
२०८२ पुष १२, शनिबार २२:४६

बुटवल:- एक समय धुलो, हिलो र अव्यवस्थाको पर्याय बनेको बुटवल–मैनाबगर अटोभिलेज अहिले क्रमशः व्यवस्थित बन्दै गएको छ। पक्की सडक र ढल व्यवस्थापनपछि क्षेत्रको स्वरूप फेरिँदै जाँदा व्यवसायीमा पनि आशा पलाएको छ। यही सन्दर्भमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मैनाबगर अटोभिलेजलाई थप व्यवस्थित र व्यवसायमैत्री बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

बुटवल अटो इन्जिनियरिङ एशोसिएसन रुपन्देही–लुम्बिनीको ३०औँ साधारणसभामा बोल्दै मेयर पाण्डेयले बुटवलभित्र सञ्चालित कुनै पनि व्यवसाय विस्थापित हुन नदिने अडान दोहोर्‍याउनुभयो। पोखरामा अटो व्यवसायी विस्थापित हुन लागेको खबरले आफूलाई दुःखी बनाएको बताउँदै उहाँले व्यवसाय जन्माउन धेरै वर्ष लाग्ने भएकाले समाधानको बाटो विस्थापन होइन, वैकल्पिक व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा व्यवसायीहरूले मैनाबगर अटोभिलेजको दीर्घकालीन विकासका विषयमा आफ्ना अपेक्षा राखे। संस्थाका अध्यक्ष प्रेम गौचनले अटोभिलेजको दायरा विस्तार गर्दै सेटेलाइट अटोभिलेज निर्माणको अवधारणा अघि सार्नुभयो। साथै, चोरी तथा अवैध गतिविधि नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष गोपाल भट्टराईले देशभर अटोभिलेज निर्माणका लागि महासंघ सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो। गण्डकी प्रदेशबाट सहभागी विष्णु अधिकारीले मेकानिक्स व्यवसायप्रति राज्यको बुझाइ क्रमशः सकारात्मक बन्दै गएको अनुभव सुनाउनुभयो।

साधारणसभामा बोल्ने अधिकांश वक्ताले प्रविधिको विकाससँगै सीप अभिवृद्धि अपरिहार्य भएको धारणा राखे। बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टकप्रसाद गैरेले व्यवसायको मर्यादा कायम राख्दै नयाँ प्रविधि आत्मसात् गर्नुपर्ने बताए भने चेम्बर अफ कमर्शका अध्यक्ष टंकप्रसाद पोख्रेलले युवापुस्तालाई सीपमुखी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा संघका अध्यक्ष प्रेम गौचन, महासचिव पुनित पोख्रेल र कोषाध्यक्ष नमराज सुवेदीले प्रस्तुत गरेका वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरियो। साथै, दीर्घ योगदान पु¥याएका जेष्ठ सदस्यदेखि महिला व्यवसायीसम्मलाई सम्मान गरिँदा सभामा उत्साह थपिएको थियो।

धुलो र हिलोबाट सुरु भएको मैनाबगर अटोभिलेजको यात्रा अब पूर्वाधार, नीति र सहकार्यको बलमा नयाँ चरणतर्फ अघि बढ्दैछ। व्यवसायी र स्थानीय सरकारबीचको सहकार्य निरन्तर रहन सके, मैनाबगर नमुना अटोभिलेजका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बुढानिलकण्ठ मन्दिर परिसरका धार्मिक, सांस्कृतिक र शैक्षिक आयाम : एक विस्तृत रिपोर्ट
लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा जितेश्वरी मा.वि.मा खानेपानी धारा निर्माण
जुम्लामा स्वाद मात्रै होइन, नेपालीपन महसुस गराउने उत्सव ‘पौवा स्वाद उत्सव–२०८२’ आउँदै
कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क, कुनमा कति ?
मालपोत कार्यालय कलंकीमा सेवा ढिलाइ र अव्यवस्थाप्रति सेवाग्राही असन्तुष्ट
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?