काठमाडौं — नेपालको महत्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये अग्रस्थानमा रहेको बुढानिलकण्ठ मन्दिर केवल विष्णु भगवानको अद्भुत विशाल शायनमूर्ति मात्र होइन, यसको वरपरका सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र वैदिक शिक्षासँग जोडिएका संरचनाहरूले समेत यस क्षेत्रलाई विशिष्ट आध्यात्मिक केन्द्रका रूपमा स्थापित गरेका छन्। मन्दिर परिसरभित्र रहेको नागस्थान, गणेश मन्दिर तथा बुढानिलकण्ठ वेद विद्यााश्रम (गुरुकुल) ले यहाँको धार्मिक ऊर्जालाई अझ सशक्त बनाएको छ।
मन्दिरको दक्षिण दिशातर्फ रहेको पवित्र पिपलको बोटमुनी रहेको नागस्थान शताब्दीयौँदेखि बुढानिलकण्ठ तीर्थको महत्वपूर्ण भाग मानिँदा आएको छ। स्थानीय पुराण तथा अभिलेखअनुसार राजा प्रताप मल्ल भगवान् विष्णुको दर्शन गर्न नसकेपछि यही स्थानमा नागमूर्तिको स्थापना गरी पूजा आरम्भ गरेको जनविश्वास छ।
मन्दिरको प्राचीन संरचनामा ११ फणयुक्त नागमूर्तिको उल्लेख पाइने हुँदा यहाँ नागपूजाको विशेष परम्परा रहिआएको छ। पिपलको बोट, नागमूर्ति र मठ–मन्दिरको त्रिकोण रूपले यो स्थानलाई आत्मिक श्रद्धा केन्द्र बनाएको छ।
भक्तजनहरूको अनुभवअनुसार नागस्थानमा गरिएको पूजा तथा दर्शनले मनोकामना पूर्ति, नकरात्मक शक्तिको निवारण र पारिवारिक कल्याण प्राप्त हुने धार्मिक मान्यता छ। आज पनि हजारौँ भक्तहरूले दैनिक रूपमा यस स्थानमा दीप प्रज्वलन, दूधाभिषेक, नाग–स्तुति तथा विशेष अनुष्ठान गर्दै आएका छन।
मन्दिरको नैऋत्य कुनामा रहेको गणेश मन्दिर बुढानिलकण्ठका प्राचीन संरचनामध्ये एक मानिन्छ। इतिहासविद्हरूको मान्यता अनुसार यो मन्दिर मुख्य शायन विष्णु मूर्तिसँगै स्थापनाको कालखण्डमा निर्माण गरिएको हुनसक्ने आधारहरू पाइन्छन्।
गणेशको शिलामूर्ति यहाँ दक्षिणाभिमुख रहेको छ। धार्मिक विधानअनुसार कुनै पनि धार्मिक अनुष्ठान, यज्ञ, पूजा तथा तीर्थभ्रमणको प्रारम्भ गणेशको वन्दनाबाट नै गर्ने परम्परा छ। यही कारण यहाँ दर्शन गर्न आउने भक्तजनहरूको भीड वर्षभरि अविरल रहन

साथौ अरति काे लागि टिकट हरेक ऐकमदसिमा सदृकालिक अरति ऐजुमन हरु काे लागि खुला रहने छ मदिर सलकार गाेपाल कर्के ले जनकारि दिनु भायाे

