By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क, कुनमा कति ?

कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क, कुनमा कति ?

News Desk
News Desk
२०८० जेष्ठ १६, मंगलवार ०८:१२
काठमाडौँ,  ।   सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् ।

आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल रू एक सय पाँच बनाइएको छ । सक्खर (गुँड र भेलीसमेत), गुँडगट्टाको अन्तःशुल्क पनि प्रतिक्विन्टल रू एक सय पाँच पुर्याइएको छ ।

अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, लसान्या, नोकी, राभिओली, कुकु (उत्तर अफ्रिकी खाद्य पदार्थ) पास्तालगायतका वस्तुमा प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिकिलो रू २० पुर्याइएको छ ।

कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो रू १७ अन्तःशुल्क रहेकोमा त्यसलाई बढाएर प्रतिकिलो रू २० पुर्याइएको छ । आलु चिप्स प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा रू एक बढाएर रू १८ पुयाइएको छ ।

सुन्तलाको रस (फ्रोजेन अरेन्ज जुस), भोगटेको रस, भुइँकटहरको रस, गोलभेँडाको रस (टमाटो जुस), अङ्गुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रोकार्पन जुसलगायत वस्तुमा प्रतिलिटर रू ११ बाट बढाएर रू १३ पुर्याइएको छ ।

सुर्तीरहित पान मसला प्रतिकिलो रु आठ सय २१ बाट बढाएर आठ सय ५० पुयाइएको छ । त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी (गुट्खा) को अन्तःशुल्क प्रतिकिलो रू तीन सय ५० बाट बढाएर रू तीन सय ६५ पुर्याइएको छ ।

अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५, जौबाट बनेको बियर प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पुर्याइएको छ । एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर रू ८६ बाट बढाएर प्रतिलिटर रू ९० पुर्याइएको छ ।

असीदेखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिटमा प्रतिलिटर रू ३० अन्तःशुल्क लाग्ने गरेकोमा रू ३५ पु¥याइएको छ । वाइन र ब्रान्डीको कच्चा पदार्थको रूपमा प्रयोग हुने सबै प्रकारका स्प्रिटहरूको अन्तःशुल्क प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पुर्याइएको छ ।

पन्ध्र यु पी शक्तिको (४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको) तयारी मदिरामा प्रतिलिटर रू एक हजार सात सय ५० बाट रू एक हजार आठ सय पुर्याइएको छ । त्यस्तै, ३० यु पी शक्ति (३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको) तयारी मदिरामा प्रतिलिटर रू एक हजार दुई सय १५ बराबर अन्तःशुल्क लाग्ने गरेको थियो । त्यसलाई बढाएर प्रतिलिटर रू ३५ बढाएर रू एक हजार दुई सय ५० पुर्याइएको छ ।

ह्विस्कीको कच्चा पदार्थको रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रू दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर प्रतिलिटर रू दुई सय ३५ पुर्याइएको छ । त्यस्तै रम र अन्य स्प्रिटहरूको कच्चा पदार्थको रूपमा प्रयोग हुने उखुको उत्पादनका स्प्रिटमा पनि प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पुर्याइएको छ ।

पन्ध्र यु पी शक्तिको ह्विस्की (४८ दशमलव पाँच प्रतिशत) अल्कोहल मात्रा भएकोलाई प्रतिलिटर रू एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर रू एक हजार आठ सय पुर्याइएको छ । त्यस्तै २५ यु पी शक्ति (४२ दशमलव आठ प्रतिशत अल्कोहल) भएको ह्विस्कीमा प्रतिलिटर एक हजार तीन सय छ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर रू एक हजार तीन सय ४५ पुर्याइएको छ । उन्चालीस दशमलव ९४ प्रतिशत अल्कोहल भएको ह्विस्कीमा प्रतिलिटर रू एक हजार दुई सय १५ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर रू एक हजार दुई सय ५० पुर्याइएको छ ।

जिन र जेनेभाको कच्चा पदार्थको रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रू दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिलिटर रू दुई सय ३५ पुर्याइएको छ । अड्चालीस दशमलव पाँच प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकोमा प्रतिलिटर रू ५० बढाएर रू एक हजार आठ सय पुर्याइएको  छ ।

त्यस्तै, ४२ दशमलव आठ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रू एक हजार तीन सय छ बाट बढाएर रू एक हजार तीन सय ४५ पुर्याइएको छ । उन्चालीस दशमलव ९४ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रू एक हजार दुई सय १५ बाट बढेर रू एक हजार दुई सय ५० पुर्याइएको छ ।

फिल्टर नभएको सुर्तीको चुरोटमा प्रतिएम सात सय १० रुपैयाँ अन्तःशुल्क रहेकोमा त्यसलाई रू सात सय ३० पुर्याइएको छ । सत्तरी मिमिसम्मको लम्बाइ भएको चुरोटमा एम एक हजार छ सय २५ बाट बढाएर रू एक हजार छ सय ९० पुर्याइएको छ । सत्तरी देखि ७५ मिमिसम्म लम्बाइ भएकोमा प्रति एम रू दुई हजार तीन सय, ७५ देखि ८५ मिमिसम्मकोमा प्रतिएम रू दुई हजार नौ सय ७० अन्तःशुल्क तोकिएको छ ।

जर्दा, खैनी, नस, गुटखा र निकोटिनयुक्त पान मसला तथा सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो रू आठ सय २१ अन्तःशुल्क लाग्ने गरेकोमा त्यो बढेर प्रतिकिलो रू आठ सय ५० पुर्याइएको छ ।

मार्बल, ट्राभर टिन, इकोजिन र अन्य चुनद्वारा स्मारक वा भवन बनाउन प्रयोग हुने ढुङ्गामा पाँच प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ । साभार अर्थतन्त्र .कम

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
कानुनी उल्झनमा फस्यो निःशुल्क कम्पनी दर्ता र नवीकरणको घोषणा
लक्की फिल्मी अवार्डमा कलाकार सहित उत्कृष्ट काम गरेकाहरु पनि सम्मानित हुने
तस्करी गरिएकाे ६४ बोरा चिनी बरामद
विश्व स्वास्थ्य दिवसमा सिद्धार्थ कटेजको सामाजिक पहल : रक्तदान कार्यक्रम सम्पन्न
अनेरास्ववियुद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन तथा बिरोध प्रदशन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?