By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » आयोग खारेजीले रुपन्देहीका हजारौँ सुकुम्बासी अन्योलमा, लालपूर्जा वितरण प्रक्रिया प्रभावित

आयोग खारेजीले रुपन्देहीका हजारौँ सुकुम्बासी अन्योलमा, लालपूर्जा वितरण प्रक्रिया प्रभावित

News Desk
News Desk
२०८३ बैशाख २३, बुधबार २३:१४

बुटवल :- नेपाल सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि रुपन्देहीका हजारौँ भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी अन्योलमा परेका छन्। लालपूर्जा वितरणको अन्तिम चरणमा पुगेका धेरै परिवारको स्वामित्व प्राप्तिको प्रक्रिया बीचमै रोकिएपछि जिल्लाभर निराशा छाएको छ।

वर्षौँदेखि जग्गाको स्वामित्वको पर्खाइमा रहेका नागरिकहरू आयोगमार्फत समाधानको आशामा थिए। तर आयोग खारेजीसँगै नापजाँच, फाइल प्रमाणीकरण तथा लालपूर्जा वितरणको काम प्रभावित बनेको छ।

भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा मगरले आयोग खारेज गर्ने निर्णयले जिल्लामा भइरहेको काममा गम्भीर असर पुगेको बताएका छन्। उनका अनुसार रुपन्देही देशकै धेरै भूमिहीन र अव्यवस्थित बसोबासी रहेको जिल्ला भएकाले यस्तो निर्णयले हजारौँ परिवारको आवास अधिकार प्रभावित भएको छ।

उनले सरकारको निर्णयलाई गैरजिम्मेवारपूर्ण भन्दै भने, “सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्ने बेला आयोग नै खारेज गरिनु दुःखद हो। यसले अन्तिम चरणमा पुगेका नागरिकलाई ठूलो अन्याय गरेको छ।”

रुपन्देहीमा हालसम्म करिब ५८ हजार घरपरिवारको जग्गा नापजाँच सम्पन्न भइसकेको छ भने हजारौँ फाइल अन्तिम प्रक्रियामा पुगेका छन्। बुटवल उपमहानगरपालिका–११ का थप ६४६ परिवारलाई लालपूर्जा वितरणका लागि राजश्व बुझाउन सूचना जारी गर्ने तयारी भइरहेका बेला आयोग खारेज भएको अध्यक्ष थापा मगरले जानकारी दिए।

आयोगले २०८१ साल चैत १० गतेदेखि बुटवल–११ बाट नापजाँच सुरु गरी जिल्लाभर अभियान विस्तार गरेको थियो। हालसम्म कञ्चन गाउँपालिकामा ४५१, सियारीमा ११, देवदहमा ७८८ र सैनामैनामा १६५ गरी कुल १ हजार ४१५ परिवारलाई लालपूर्जा वितरण गरिएको छ।
आयोगका तथ्यांकअनुसार रुपन्देहीमा लालपूर्जाका लागि ७९ हजार २६१ परिवारले निवेदन दिएका छन्। तीमध्ये
३ हजार ७६ भूमिहीन दलित
६ हजार ७६१ भूमिहीन सुकुम्बासी
६९ हजार ४२६ अव्यवस्थित बसोबासी रहेका छन्।

कञ्चन गाउँपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिकामा समस्या बढी देखिएको आयोगले जनाएको छ।
अध्यक्ष थापा मगरले सर्वोच्च अदालतको फैसलापछि पुनः सुरु गरिएको कामसमेत जिल्ला नापी कार्यालयको असहयोगका कारण प्रभावित भएको आरोप लगाएका छन्।

उनका अनुसार नियमित बैठक सञ्चालनमा ढिलाइ र आवश्यक प्राविधिक तथा उपकरण व्यवस्थापनमा समस्या हुँदा प्रक्रिया सुस्त बनेको थियो।

आयोग खारेजीसँगै अब रुपन्देहीका हजारौँ परिवार फेरि अनिश्चितताको अवस्थामा पुगेका छन्। लामो समयदेखि जग्गाको स्वामित्व पाउने आशामा बसेका नागरिकले सरकारले वैकल्पिक व्यवस्था गरी प्रक्रिया निरन्तरता दिनुपर्ने माग गरेका छन्।

Facebook Comments Box
Total Views: 0
निर्वाचन नजिकिँदै गर्दा बुटवल बजार सुनसान
गुल्मी दरवार गाउपालिका गुल्मी मा चौथो नेपाल भर ३०औं स्थानमा पर्न सफल
गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो कार्यालय स्थापना
रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?
सम्पर्क समाज दृरा तनाव व्यवस्थापन तथा खुशीयाली जिवनको रहस्यहरु उत्पेरणा कार्यक्रम सम्पन्न
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

कार्यान्वयनयोग्य योजना मात्रै बजेटमा समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन, मगर र थारु भाषालाई सरकारी मान्यता दिन माग

आयोग खारेजीले रुपन्देहीका हजारौँ सुकुम्बासी अन्योलमा, लालपूर्जा वितरण प्रक्रिया प्रभावित

भोगाधिकारमा रहेका सरकारी जग्गा र संरचना तत्काल खाली गर्न सरकारको निर्देशन

गुणस्तरीय शिक्षाको भरोसा बन्दै नवीन औद्योगिक कदरबहादुर रिता मावि

सात दशकदेखि शिक्षा क्षेत्रमा अब्बल कान्ति मावि

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार, एक युवकको मृत्यु

सार्वजनिक भयो भावनात्मक नेपाली गीत ‘आधा मन’

स्थानीय तहलाई मालपोत सेवा दिने कानुनी बाटो खुल्यो

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?