By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कांग्रेसको मञ्चबाट रविको कटाक्ष– ‘मै पनि कांग्रेस हुन्थेँ होला’

कांग्रेसको मञ्चबाट रविको कटाक्ष– ‘मै पनि कांग्रेस हुन्थेँ होला’

News Desk
News Desk
२०८३ आश्विन १८, आईतवार २२:३८

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले निष्ठाको राजनीति, अवसरको न्यायोचित वितरण र समयमै युवा नेतृत्वलाई प्राथमिकता दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताएका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको इतिहास र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उसका विगतका राजनीतिक अभ्यासमाथि प्रश्नसमेत उठाए।

‘मै पनि कांग्रेस हुन्थेँ होला,’ भन्दै सम्बोधन सुरु गरेका लामिछानेले पार्टीप्रतिको निष्ठालाई पुँजीका रूपमा सम्मान गरिएको भए र भौतिक पुँजी भएकाहरूलाई मात्रै प्राथमिकता नदिइएको भए आफू पनि कांग्रेस हुन सक्ने बताए।

दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई समानुपातिक प्रतिनिधित्वको कुरा गरिए पनि अवसर वितरणमा पटक–पटक अवसर पाएकाहरू नै प्राथमिकतामा परेको भन्दै उनले कांग्रेसको विगतको अभ्यासमाथि प्रश्न उठाए।

युवा नेतृत्वको प्रसंग उठाउँदै उनले अहिले ५० वर्षको उमेरमा सभापति पाउँदा कांग्रेसले गर्व गरिरहेको उल्लेख गर्दै ४० वर्षकै उमेरमा नेतृत्वमा पुग्ने वातावरण बनेको भए आफूले पनि त्यसबाट प्रेरणा लिन सक्ने बताए।

कांग्रेसले विगतमा आफ्नो चुनाव चिह्न ‘रुख’ छाडेर गठबन्धनका अन्य दलका चुनाव चिह्नमा मतदान गर्न निर्देशन दिएको प्रसंगसमेत उनले उठाए। त्यसपछि भने राजनीतिक दलहरूबीच मतभेद भए पनि मुलुकको जिम्मेवारी मिलेरै अघि बढाउनुपर्ने धारणा राखे।

लामिछानेले अधिकार र पहिचानका विषयलाई भाषण, नारा, घोषणापत्र र कागजमा मात्रै सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए। मधेसको नेतृत्वलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आफूहरूले त्यसलाई व्यवहारमा उतार्ने प्रयास गरेको उनको दाबी थियो।

सम्बोधनका क्रममा लामिछानेले वर्तमान सरकार ढल्ने चर्चा पनि अस्वीकार गरे। दसैं, तिहार र छठसम्म सरकार ढल्ने भनेर भइरहेका टिप्पणीप्रति कटाक्ष गर्दै उनले सरकार नढल्ने दाबी गरे।

‘सरकार ढल्दैन, बिल्कुल ढल्दैन,’ भन्दै उनले सरकार ढल्ने दाबी गरिरहनेहरू सरकार नढलेको देखेर आफैं बेहोस भएर ढल्न सक्ने टिप्पणी गरे।

सरकार परिवर्तनको बाटो आन्दोलन नभई निर्वाचन हुनुपर्नेमा उनले जोड दिए। लोकतान्त्रिक व्यवस्थामा सरकार बदल्ने वैधानिक माध्यम निर्वाचन भएको उल्लेख गर्दै जनताले दिएको मत र निर्वाचन परिणामको सम्मान गर्नुपर्ने बताए।

कांग्रेसका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले काम गर्न नसके आगामी निर्वाचनबाट जनताले आफूहरूलाई हटाउन सक्ने बताए। आफ्नो पार्टीका सदस्यलाई समेत पाँच वर्षमा काम गर्न नसके सबैभन्दा पहिले रास्वपाकै सदस्यता त्याग्न आग्रह गर्ने आँट आफूहरूसँग रहेको उनले बताए।

लोकतन्त्रको रक्षा कुनै एउटा दलको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै लामिछानेले लोकतन्त्रमाथि खतरा आए जनताले नै त्यसको रक्षा गर्ने धारणा राखे। राजनीतिक स्वार्थका लागि राज्यका संस्था र सुरक्षा निकायमाथि आरोप लगाउँदा ती संस्था कमजोर हुन सक्ने भन्दै उनले त्यसतर्फ सचेत रहन आग्रह गरे।

उनले रास्वपा लोकतन्त्रका मूल्य र मान्यताबाट विचलित नहुने प्रतिबद्धता जनाउँदै सरकारका कुनै निर्णय विवादित वा गलत हुन सक्ने र त्यस्ता निर्णय सच्याउन सकिने बताए। तर लोकतन्त्रप्रतिको प्रतिबद्धतामा सम्झौता नहुने उनको भनाइ थियो।

लामिछानेले कांग्रेसको लोकतान्त्रिक आन्दोलनको इतिहास र विशेषगरी कठिन परिस्थितिमा राजनीतिमा सक्रिय महिला नेतृहरूको योगदानको प्रशंसा गरे। विगतका पुस्ताको संघर्ष, त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको उनले बताए।

राजनीतिक विषयमा मात्रै केन्द्रित नभई अब अर्थराजनीति, अर्थतन्त्र र वैदेशिक सम्बन्धबारे गम्भीर बहस गर्नुपर्नेमा पनि उनले जोड दिए। वर्तमान सरकारले अर्थतन्त्र, वैदेशिक सम्बन्ध र आन्तरिक लोकतन्त्र कमजोर हुन नदिने दाबी गर्दै नयाँ अभ्यासको परिणामका लागि केही समय दिन आग्रह गरे।

सम्बोधनको अन्त्यतिर उनले कांग्रेसलाई व्यक्ति केन्द्रित भएर लोकतान्त्रिक मूल्य कमजोर नबनाउन आग्रह गरे।

‘व्यक्ति बचाउन लोकतन्त्र कमजोर पार्ने काम नगर्नुहोला। व्यक्ति फसाउन पनि लोकतन्त्र कमजोर पार्ने काम नगर्नुहोला,’ लामिछानेले भने।

अन्त्यमा कांग्रेसको आन्तरिक राजनीतितर्फ संकेत गर्दै उनले पार्टीभित्र सधैं असन्तुष्टि जनाइरहने र सम्झाउँदा संगठनको ऊर्जा खर्च हुने अवस्था आए त्यस्ता व्यक्तिलाई छाडेर अघि बढ्नु पनि उचित हुन सक्ने टिप्पणी गरे। त्यसलाई उनले कांग्रेस सभापति गगन थापालाई आफूले लगाएको ‘दोस्रो गुन’ भन्दै व्यंग्यात्मक रूपमा प्रस्तुत गरे।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीका वडाध्यक्षले यौन शक्ति बढाउन प्रयास गर्दा बाहिरियो अश्लिल भिडियाे
गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला शुरु
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान तथा सहयोग प्रदान
नयाँ वर्षमा रुपन्देहीबाट घुम्न गएका युवाको भुतखाेलामा डुबेर मृत्यु
लियो भनेको खर्च गर्ने ठाउँ हो’ भन्ने भाष्य चिर्दै विपद्मा उद्धारमा खटियो लियो जिल्ला परिषद् ३२५ ‘आर’
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

कचकच गर्ने साथीलाई फकाउनुभन्दा छोडिदिनु ठीक हुन्छ : रवि लामिछाने

कांग्रेस महाधिवेशनपछि बालेनको स्टाटस– ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

कांग्रेसको मञ्चबाट रविको कटाक्ष– ‘मै पनि कांग्रेस हुन्थेँ होला’

गगन थापा सिंगो कांग्रेसको स्वीकार्य सभापति बन्नुहुन्छ’ : शंकर पोखरेल

‘नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्’ : गगन थापा

२०८३ आश्विन १८, आईतवार २१:१८

सिद्धबाबामा मोटरसाइकल दुर्घटना : ९० मिटर तल तिनाउ नदीमा खस्दा गुल्मीका नवराज पन्थको मृत्यु

हरेक शनिबार बिहान, सफा रहोस् हाम्रो बुटवल’ : गोल्डेन जुबिलीको सरसफाइ अभियान छैटौं हप्तामा

भोलिदेखि कांग्रेसको १५औँ महाधिवेशन, साढे ७ हजारभन्दा बढी प्रतिनिधि काठमाडौंमा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?