By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गगन थापा सिंगो कांग्रेसको स्वीकार्य सभापति बन्नुहुन्छ’ : शंकर पोखरेल

गगन थापा सिंगो कांग्रेसको स्वीकार्य सभापति बन्नुहुन्छ’ : शंकर पोखरेल

News Desk
News Desk
२०८३ आश्विन १८, आईतवार २१:२५

काठमाडौं :- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सिंगो पार्टीको स्वीकार्य सभापतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका थापालाई शुभकामना दिँदै यस्तो बताएका हुन्।

‘१५औँ राष्ट्रिय महाधिवेशनबाट सिंगो नेपाली कांग्रेसको स्वीकार्य सभापतिका रूपमा स्थापित हुनुहुन्छ भन्ने विश्वास र अपेक्षाका साथ शुभकामना व्यक्त गर्न चाहन्छु,’ पोखरेलले भने।

पोखरेलले विगतका राजनीतिक आन्दोलनमा कांग्रेस र वामपन्थी शक्तिबीच भएको सहकार्यको स्मरण गर्दै वर्तमान परिस्थितिमा लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

निरंकुशताको अन्त्य र गणतन्त्र स्थापनाका लागि विगतमा विभिन्न राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएको स्मरण गर्दै उनले अहिले पनि लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताए।

‘पहिले निरंकुशताको अन्त्यका लागि कांग्रेसले वामपन्थीसँग सहकार्य गरेको थियो। लोकतन्त्रको रक्षाका लागि अब सहकार्य गर्छ वा गर्दैन भन्ने प्रश्न आएको छ,’ पोखरेलले भने।

उनले जननिर्वाचित सरकार संसद्प्रति उत्तरदायी र नागरिकप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए। वर्तमान सरकारको कार्यशैलीबारे आलोचना गर्दै पोखरेलले संसद् र नागरिकप्रतिको जवाफदेहिताको प्रश्न लोकतन्त्रसँग जोडिएको टिप्पणी गरे।

गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा आफू र थापा सँगै उभिएको प्रसंगसमेत पोखरेलले स्मरण गरे। त्रिचन्द्र क्याम्पसको सभादेखि आन्दोलनमा सँगै रहेको उल्लेख गर्दै उनले थापा अहिले पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसको नेतृत्वमा पुग्नुलाई सकारात्मक रूपमा लिएको बताए।

कांग्रेसको १५औँ महाधिवेशन आइतबार सभापति थापाले खुलामञ्चमा उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा एमाले महासचिव पोखरेलसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
काठमाडौंमा दुर्गा प्रसाईं पक्राउ, निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप
प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारले १० हजार धरौटी राख्नुपर्ने
बालेन शाहले लिए प्रधानमन्त्री पदको शपथ, नयाँ मन्त्रिपरिषद् गठन
भारी मतसहित कांग्रेस बुटवल नगर सचिवमा इन्जिनियर अर्जुन गिरी निर्वाचित
हेटौंडामा एमालेस्थित जनसंगठनहरुद्वारा सयुक्त बिरोध प्रदशन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

कांग्रेसको मञ्चबाट रविको कटाक्ष– ‘मै पनि कांग्रेस हुन्थेँ होला’

गगन थापा सिंगो कांग्रेसको स्वीकार्य सभापति बन्नुहुन्छ’ : शंकर पोखरेल

‘नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्’ : गगन थापा

२०८३ आश्विन १८, आईतवार २१:१८

सिद्धबाबामा मोटरसाइकल दुर्घटना : ९० मिटर तल तिनाउ नदीमा खस्दा गुल्मीका नवराज पन्थको मृत्यु

हरेक शनिबार बिहान, सफा रहोस् हाम्रो बुटवल’ : गोल्डेन जुबिलीको सरसफाइ अभियान छैटौं हप्तामा

भोलिदेखि कांग्रेसको १५औँ महाधिवेशन, साढे ७ हजारभन्दा बढी प्रतिनिधि काठमाडौंमा

‘प्रश्न मात्रै होइन, समाधानको राजनीति’ भन्दै ओमहरि आचार्य महाधिवेशन प्रतिनिधिको मैदानमा

श्रमिकका मुद्दा बोकेर कांग्रेस महाधिवेशनको मैदानमा रामप्रसाद भण्डारी, ललितपुर–२ बाट उम्मेदवारी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?