By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » चुन्नप्रसाद पौडेलको प्रतिबद्धता : भूमिहीन समस्या समाधान पहिलो प्राथमिकता

चुन्नप्रसाद पौडेलको प्रतिबद्धता : भूमिहीन समस्या समाधान पहिलो प्राथमिकता

News Desk
News Desk
२०८२ माघ २९, बिहीबार २१:२६

बुटवल :- नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ मा बृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ। कालिकानगरमा आयोजित कार्यक्रममा वक्ताहरूले बदलिएको सन्देशसहित काँग्रेस एक ढिक्क भएर चुनावी अभियानमा जुटेकाले देशभर जीत सुनिश्चित रहेको दाबी गरेका छन्।

कार्यक्रममा बोल्दै नेताहरूले काँग्रेसले नेतृत्वसँगै कार्यशैलीमा पनि परिवर्तन गरेर जनतामाझ आएको उल्लेख गरे। उनीहरूले कार्यकर्तालाई घर–घरमा पुगेर पार्टीका एजेण्डासहित मत माग्न निर्देशन दिएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट रुपन्देही–२ का उम्मेदवार बनेका वरिष्ठ उद्योगी तथा समाजसेवी चुन्नप्रसाद पौडेलले आफू बुटवल–११ कै बासिन्दा भएकाले यहाँका समस्या नजिकबाट बुझेको बताए।

निर्वाचन जिताएर पठाए बुटवल–११ का भूमिहीन सुकुम्बासीको समस्या समाधान गरी लालपूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले तिनाउ करिडोरको समस्या समाधानलाई पनि प्राथमिकतामा राख्ने बताए। काँग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन सक्ने उल्लेख गर्दै काँग्रेस नेतृत्वको सरकार गठनका लागि आफूलाई विजयी गराउन आग्रह गरे।

पौडेलले यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकास आफ्नो पहिलो प्राथमिकता हुने बताउँदै आम मतदातासँग समर्थन मागे।
२००७ सालदेखि मुलुक संकटमा पर्दा काँग्रेसले निकास दिएको स्मरण गराउँदै वर्तमान चुनौतीको समाधान पनि काँग्रेस नेतृत्वबाटै सम्भव हुने विश्वास व्यक्त गरे।

काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले जेन–जी आन्दोलनपछि काँग्रेसले आत्मसमीक्षा गर्दै आफूलाई रूपान्तरण गरेको बताए। बद्लिएको काँग्रेस अब देशको अवस्था बदल्ने गरी अघि बढेको उनको भनाइ थियो।

जेन–जी युवाहरूको भावना र अपेक्षाअनुसार देशलाई अघि बढाउन काँग्रेस नेतृत्व आवश्यक रहेको उनले उल्लेख गरे।प्रदेश कोषाध्यक्ष प्रकाश रानाले अन्य दलका उम्मेदवारको अनुहार र व्यवहार जनताले देखिसकेको भन्दै ‘नयाँ’ का नाममा भइरहेको राजनीति देशका लागि घातक हुन सक्ने टिप्पणी गरे। काँग्रेससँग स्पष्ट एजेण्डा र देश निर्माणको इतिहास रहेको उनले बताए।

क्षेत्र नं. २ का सभापति तथा प्रचार–प्रसार मूल समितिका संयोजक प्रजापाल गिरीले देशको विकास र समृद्धिका लागि काँग्रेसको जित अनिवार्य रहेको बताए। अन्य दलले प्रोपोगान्डा र निराशा फैलाएर राजनीति गरिरहेको आरोप लगाउँदै काँग्रेस भ्रष्टाचारविरुद्ध कठोर रूपमा अघि बढ्ने दाबी गरे।

चुनावपूर्व हुने गठबन्धन संस्कृतिको अन्त्य गर्नु बदलिएको काँग्रेसको उपलब्धि भएको उनले बताए।कार्यक्रममा प्रदेश सदस्य बालकुमारी भण्डारी, ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ, बुटवल–११ का वडासभापति जितबहादुर मल्ल, उपसभापति दुर्गा बहादुर खत्री, सचिव यज्ञप्रसाद न्यौपाने, जेन–जी समूहका सिद्धार्थ कोइराला लगायतले काँग्रेसलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Facebook Comments Box
Total Views: 0
नारायणीमा बन्ने सिग्नेचर ब्रिजको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा
बुटवलमा पहिलो पाँचतारे होटल ‘हायात प्लेस’ सञ्चालनमा
उज्यालो नेपाल पार्टीले विलयमा नजाने निर्णय
छापहिले माविमा पछाई परिवारद्वारा अक्षयकोष स्थापना
नेपाली हर्ट ग्रुपले उपचाररत कलाकार अमरदिप बिसिलाइ सहयोग गर्यो एक लाख
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?