By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भजनीका कृर्षिकलाई हिउँदे धान भित्र्याउन चटारो

भजनीका कृर्षिकलाई हिउँदे धान भित्र्याउन चटारो

News Desk
News Desk
२०८० असार २, शनिबार २०:२६

कैलाली :- कैलालीको भजनी नगरपालिकाका किसान हिउँदे (चैते) धान भित्र्याउन व्यस्त छन् । भजनी नगरपालिका–३ र ८ लाइ हिउँदे धानका लागि पकेट क्षेत्र मानिन्छ । यसपालि कैलालीमा अहिलेसम्म वर्षा नभएपछि हिउँदे धान लगाएका किसानहरूलाई धेरै नै सहज भएको छ ।

यस पाली किसानले ‘कम्बाइन हार्वेस्टर’ खेतमा चिस्यान धेरै नभएपछि सहज भएको हो । भजनी नगरपालिका–८ कृष्णपुरका किसान निमलाल चौधरीले मेसिनले धान भित्र्याउँदै खुसी व्यक्त गरे ।‘गाउँमा आजभोलि मजदुर खोज्न पनि झन्झटिलो हुँदै गएको छ । काम गर्न आउँदा ज्याला बढी लाग्छ । खाना, खाजा समेत खुवाउनुपर्छ,’ उनले भने, ‘तर, प्रविधिले गर्दा किसानलाई ज्यादै सहज भएको छ ।’

पछिल्लो पटक खेतमै पुगेर मेसिनले काट्ने र पेल्ने काम एकै पटक गर्दा सहज भएको उनले बताए । उनले भने, ‘धानको खेत तयार गर्न ट्याक्टर लगाउनुपर्छ । रोप्न मजदुर लाग्छ । त्यसपछि पानी र मल खाद्य हाल्नुपर्छ, काट्ने बेला फेरि मजदुर । पेल्ने बेला मेसिन । सबै ठाउँमा खर्च तिर्दै जाँदा हिसाब बराबर भइहाल्छ ।’

कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार भजनी नगरपालिका–३ र ८ मा सबैभन्दा बढी हिउँदे धान खेती हुने गरेको छ । त्यसबाहेक भजनीका अन्य वडासँगै कैलारी गाउँपालिका, जोशीपुर नगरपालिका, टिकापुर नगरपालिका, जानकी गाउँपालिका र घोडाघोडी नगरपालिकामा पनि हिउँदे धान हुने गरेको कृषि ज्ञान केन्द्र प्रमुख शर्माले बताए ।

भजनीलगायत आसपासको क्षेत्र बाढी प्रभावित क्षेत्र भएका कारण बर्से धान नष्ट हुन थालेपछि त्यहाँका किसान हिउँदे धानमा आकर्षित हुने गरेको कार्यालय प्रमुख शर्माले बताए । ‘वर्षायाममा बाढीका कारण त्यहाँ धान हुँदैन,’ शर्माले भने, ‘गहुँ खेती गर्न पनि ढिलाइ हुने गरेको छ । त्यसैले त्यहाँ चैते धान विस्तार गरी नागरिकलाई खाद्यान्न अभाव हुन नदिने योजना अनुसार प्रदेश सरकारले हिउँदे धान खेती विस्तार गर्दै आएको छ ।’

उनले उत्पादित धानको बजारी करणका लागि पनि प्रदेश सरकारले सहयोग गर्दै आएको बताए । ‘चैते धान विशेष गरी चिउरा बनाउने प्रयोजनमा बढी प्रयोग हुने गरेको छ,’ शर्माले भने, ‘मिलमा पनि धान खरिद हुन्छ, कृषि ज्ञान केन्द्रले मिल र चिउरा मिलसँग समन्वय गरी उचित मूल्यमा धान विक्री गर्ने वातावरण मिलाउने गरेको छ ।’

कैलालीमा कुल क्षेत्रफलको ११ हजार हेक्टर जमिनमा हिउँदे धान खेती हुने गरेको छ । त्यसबाट ५ हजार ५ मेट्रिक टन धान उत्पादन हुने गरेको कार्यालय प्रमुख शर्माले बताए । अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान संस्थान खुमलटार ललितपुरका कार्यालय प्रमुख कृष्णराज जोशीले पहिले चैते धान भनिँदै आएकोमा अहिले हिउँदे धान भनिएको बताए ।

माघको अन्तिम देखि फागुन पहिलो सातामा रोपनी हुँदा हिउँदे धान भनिएको उनको भनाई रहेको छ ।
उनले  कैलालीको भजनीमा ढिलो धान रोपेमा धान पाक्न ढिलो हुने र असारमा वर्षाका कारण धान डुब्न सक्ने जोखिम हुने हुँदा फागुन पहिलो साताभित्रै बिउ राखेर चैतको सुरुमै रोपिसक्नु पर्ने बताए । बिउ राख्न ढिलाइ भएको अवस्थामा सोझै धान छरेर पनि खेती गर्न सकिने पनि उनको भनाई रहेको छ ।

भजनी क्षेत्रमा बर्खामा डुबान हुने हुँदा हिउँदे धान रोप्ने गरेको हो । भजनी नगरपालिका–३ रमेश चौधरीले भने ‘डुबानको समस्याले गर्दा वर्षे धानको सट्टा हिउँदे धान रोप्ने गरेको छौँ ।’  हिउँदे धान खेतीतर्फ थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू समेत लागु गरिएको छ । हिउँदे धानको बीउका लागि प्रदर्शनी गरी किसानलाई पनि रोज्ने लगाउने गरेको कृषि ज्ञान केन्द्र कार्यालय कैलालीले जनाएको छ ।

.

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
भैरहवा भन्सारले दुई महिनामा समात्यो तस्करीका सवा १३ करोडका सामान
आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर
अस्पताल भर्ना हुने अधिकांश कोरोना संक्रमित दीर्घरोगी
भोगाधिकारमा रहेका सरकारी जग्गा र संरचना तत्काल खाली गर्न सरकारको निर्देशन
सुनौली बसपार्कको सरसफाइ प्रश्नमा चिन्ता : अनुगमन कागजमै सीमित कि व्यवहारमा पनि?
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?