By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » देशव्यापी ‘पेन डाउन’ आन्दोलन रोकियो, भन्सार विभाग र एजेन्ट महासंघबीच सहमति

देशव्यापी ‘पेन डाउन’ आन्दोलन रोकियो, भन्सार विभाग र एजेन्ट महासंघबीच सहमति

News Desk
News Desk
२०८२ मंसिर २४, बुधबार १६:५०

काठमाडौँ :-नयाँ भन्सार ऐन २०८२ का कठोर प्रावधानविरुद्ध देशभर ‘पेन डाउन’ गर्दै आन्दोलनमा उत्रिएका भन्सार एजेन्ट महासंघ र भन्सार विभागबीच आज भएको वार्ता सहमतिमा पुगेको छ। विभागमा भएको वार्ताले तत्काल लागू गर्न सकिने व्यावहारिक पक्षहरू कार्यान्वयन गर्ने र ऐन–नियमावलीका जटिल बुँदाहरू अर्थ मन्त्रालयमार्फत सहजीकरण गर्ने निष्कर्ष निकालिएको हो।

महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार सहमति बनेसँगै अब देशभरका भन्सार कार्यालयहरूमा कुनै अवरोध रहने छैन। नयाँ ऐनमा रहेका कडा दण्ड–जरिवाना सम्बन्धी प्रावधानले सामान्य मानवीय त्रुटिलाई समेत दण्डनीय बनाएकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको उनले बताए।

उनका अनुसार,“ऐनमा भएका केही दफा अत्यन्तै कठोर छन्। यस्तो अवस्थामा सही रूपमा मालवस्तु घोषणा गर्न नसक्ने स्थिति बनेपछि हामी देशव्यापी पेन डाउन गर्न बाध्य भयौं,” घिमिरेले भने।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले एजेन्टहरूलाई भरोसा दिलाउँदै वार्ताले सकारात्मक मोड लिएको बताए।
उनले भने,“ऐन तत्काल संशोधन गर्न सकिने अवस्था नभए पनि, विभाग नियमावली तथा प्रक्रियागत सुधारमार्फत जायज मागहरू सम्बोधन गर्न तयार छ।”

वीरगञ्ज भन्सार कार्यालयबाट आइतबार सुरु भएको आन्दोलन सोमबार भैरहवा हुँदै मङ्गलबारदेखि देशव्यापी पेन डाउनमा परिणत भएको थियो। तर आजको सहमतिसँगै भन्सार अवरोध खुलेको विभागले जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन
कोटिहवामा ‘हङ्गर रिलिफ एन्ड इन्ट्रोडक्सन प्रोग्राम’ सम्पन्न
ललितपुरको हनुमान बाजे मन्दिरमा हरेक शनिबार र मंगलबार हजारौं भक्तजनको भीड
कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौंमा ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था
पाँच क्षेत्रमा कडा प्रतिस्पर्धा, मतदाता निर्णायक भूमिकामा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?