By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौंमा ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था

कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौंमा ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था

News Desk
News Desk
२०८३ भाद्र १४, आईतवार २१:४१

काठमाडौं :- त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड कटान गरी यातायात अवरुद्ध भएपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक व्यवस्था गरिएको छ।

नेपाल आयल निगमले सडक अवरुद्ध हुँदा ग्यास ढुवानीमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक माध्यमबाट आपूर्ति गर्ने व्यवस्था मिलाएको जनाएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर क्षेत्रमा त्रिशूलीको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग हुँदै हुने नियमित आवागमन अवरुद्ध भएको छ। यही मार्ग काठमाडौं उपत्यकामा इन्धन तथा ग्यास ढुवानीका लागि महत्वपूर्ण भएकाले निगमले वैकल्पिक तयारी थालेको हो।

निगमका अनुसार बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासीलगायत जिल्लामा रहेका ग्यास उद्योगहरूले आफूलाई पायक पर्ने अन्य ग्यास उद्योगसँग समन्वय गर्नेछन्। त्यसपछि खाली बुलेट पठाएर सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाइनेछ।

कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म एलपी ग्यासका सिलिन्डर ट्रकमा राखेर वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा पुर्‍याइने निगमले जनाएको छ।

पेट्रोलियम पदार्थको आपूर्ति नियमित राख्नसमेत ट्याङ्कर तथा ग्यास बोकेका ट्रकलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ।

बाढी र सडक अवरोधका कारण पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको आपूर्तिमा समस्या आउन नदिन वैकल्पिक आपूर्ति प्रणालीलाई निरन्तरता दिइने निगमले जनाएको छ।

यससँगै पृथ्वी राजमार्ग अवरुद्ध रहे पनि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइराख्ने प्रयास भइरहेको निगमको भनाइ छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
समाचार लिंक शेयर गर्दा फेसबुकमा किन आइरहेको छ समस्या ?
एक क्विन्टल सुन तस्करी प्रकरण : थप एक जना पक्राउ
बुटवल उपमहानगरको ६७औँ स्थापना दिवसमा बृहत् सरसफाइ अभियान
झापा–५ मा बालेन शाहको ऐतिहासिक जित, ओली भारी मतान्तरले पराजित
कपिलवस्तु–२ का समस्या के हुन्? उम्मेदवार सुमन गिरीसँग साप्ताहिक कुराकानी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?