By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मापदण्डविपरीत उत्पादन: अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिवाना

मापदण्डविपरीत उत्पादन: अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिवाना

News Desk
News Desk
२०८२ मंसिर ९, मंगलवार २३:३१

रुपन्देही : – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारी मापदण्डविपरीत उत्पादन गरेको ठहर गर्दै रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट कम्पनीलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

केन्द्रबाट खटिएको अनुगमन टोलीले तीन उद्योगको अनुगमन गर्दा मापदण्डअनुसार उत्पादन नगरेको पाइएपछि अर्घाखाँची सिमेन्ट कम्पनीसहित त्रिरुपति फुड प्रोसेसिङ इन्डस्ट्रिजलाई समान रकमको जरिवाना गरिएको हो।

विभागले जारी विज्ञप्तिमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम कारबाही अघि बढाइएको स्पष्ट गरेको छ।

उपत्यकामा पिउने पानीको गुणस्तरसम्बन्धी गुनासो बढेपछि विभागले पछिल्ला दिनमा खानेपानी उद्योगमाथिको अनुगमन तीव्र बनाएको जनाएको छ। बिहीबार र आइतबार मात्र काठमाडौं उपत्यकाका १८ वटा पानी उद्योगमा अनुगमन गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा ललितपुरको गोदावरीस्थित त्रिपुरा बेभरेज र बडीखेल खानेपानी उद्योग दर्ता नवीकरणबिनै सञ्चालनमा रहेकाले तीन दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।

यसअघि कोशी मिनरल वाटर, स्तूपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड बेभरेजलगायत उद्योगलाई गुणस्तर कायम राख्न विभागले निर्देशन दिइसकेको थियो।

Facebook Comments Box
टाउकोमा चोट लागेको अवस्थामा सैनामैनामा पुरुषको शव फेला
गुल्मीमा पसलमा आगलागी हुँदा पार्किङ गरेका बाइक सहित ३५ लाखको क्षति
फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्याँसमा प्रति सिलिन्डर २१५ ले बढ्यो
‘हामी त आयौं, तर ग्रिनेड फालेर बचाउने साथी बन्धक छन्’
पेट्रोलियम पदार्थबाट चल्ने सवारीको आयातमा प्रतिबन्ध लगाउने सरकारको योजना
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता

बुटवलमा टीभीएस स्मार्ट साटासाट मेला सुरु

बुटवलमा पुस ३ देखि १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी

कान्ति माध्यमिक विद्यालयको ७२औँ वार्षिक उत्सव सम्पन्न

रुपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारणसभा सम्पन्न

जेन्–जि (Gen Z) को आवाज — आन्दोलनपछि पनि उस्तै सेवा, किन नेपाल सरकार ?

२०८२ पुष २, बुधबार ००:१५

ढिलासुस्ती, जनशक्ति अभाव र सेवाग्राहीको गुनासो : बुटवल मालपोतको यथार्थ

तिलोत्तमामा ऐतिहासिक मेला: जनचासो बढेपछि ४ दिन अवधि थप

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?