काठमाडौं :-९ वर्षीया गायिका दर्पण उपाध्यायको आवाजमा रहेको नयाँ गीत ‘म फूलहरूको बीचमा’ सार्वजनिक भएको छ। उक्त गीतमा कृषि वैज्ञानिक डा. कालिका प्रसाद उपाध्यायको शब्द तथा दीपक पाठकको संगीत रहेको छ।

गीतको रेकर्डिङ राजेश थापाले गरेका हुन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन्। मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्। गीत ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो।
यसैगरी, गीतको म्युजिक भिडियोमा गायिका दर्पण उपाध्यायले आफ्नै परिवारसँगै अभिनय गरेकी छन्। भिडियोको छायांकन, सम्पादन तथा रङ संयोजन प्रदीप थापा मगरले गरेका हुन् भने कथा तथा निर्देशन रुद्र सिंह थापाले गरेका छन्। भिडियोको कोरियोग्राफी उर्मिला न्यौपानेले गरेकी हुन् भने श्रृंगार (मेकअप) पवित्रा न्यौपानेले गरेकी छन्।
भिडियो सुस्मा त्रिपाठीले निर्माण गरेकी हुन्। गीतको मिडिया संयोजकमा निराज रानाभाट रहेका छन् भने मिडिया पार्टनरको रूपमा जन अपडेट रहेको छ।

त्यस्तै, भिडियोको लाइट टेक्निसियनमा मेघराज धिमाल रहेका छन्। पोस्ट प्रोडक्सन इभर ग्रिन मिडिया नेटवर्क प्रा.लि. र बी ६ प्रोडक्सन नेपाल प्रा.लि.ले गरेको छ।

केवल ९ वर्षीया गायिका दर्पणले गाएको यो गीतमा नवयुवाले भविष्यमा अपनाउने सदाचार र असल आचरणका आकांक्षालाई प्रस्तुत गरिएको छ। अप्ठेरोमा परेका व्यक्तिको साथ दिन सकूँ भन्ने भाव बोकेको गीतले युवापुस्तालाई सकारात्मक र समाजोपयोगी काममा लाग्न प्रेरित गर्ने सन्देश दिएको छ।
पारिवारिक परिवेशमा आधारित यस गीतको भिडियोले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ। गीतको भिडियो डा. कालिका प्रसाद उपाध्यायको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

