By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » १३ दिन चलेर सकियो गुल्मीको उपल्लो तम्घास महोत्सव

१३ दिन चलेर सकियो गुल्मीको उपल्लो तम्घास महोत्सव

News Desk
News Desk
२०८० कार्तिक २९, बुधबार १४:२८

गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै गुल्मी जिल्लाको उपल्लो तम्घासमा चलेको महोत्सव सम्पन्न भएको छ । गुल्मी उद्योग संघको आयोजनामा ‘उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड् रेसुङ्गा’ भन्ने नाराका साथ कात्तिक १५ गतेबाट सञ्चालनमा आएको थियो ।

उपल्लो तम्घास स्थित मन्दिर परिसरमा १३ दिनसम्म चलेको मेलामा ३ सय वटा स्टल रहेका थिए । त्यसमध्ये ५० वटा स्टल स्थानीय उत्पादनका सामाग्रीहरु राखिएको थियो ।

कात्तिक २५ गतेसम्म चल्ने भनिएको महोसत्व २ दिन थपिएको थियो । महोत्सवमा विभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा विभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, विभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अवधीभर प्रर्दशन गरिएको थियो ।

जिल्लामा ठूला उद्योग नभएकाले साना तथा मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पुर्‍याउने आयोजकले लक्ष्य लिएको गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले बताए ।

महोसत्व अवधिभरमा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा विभिन्न ठाउँबाट आएका पाहुँनालाई घुम्नका लागि पुर्याइएको गुल्मी उद्योग संघका महासचिव सुर्दशन खनालले बताए । त्यस्तै जिल्लामा साना ठूला व्यवसायीहरु विभिन्न कारणले बन्द हुँने अवस्थामा आएकाले लगानी सम्भाव्यता छलफल समेत गरिएको थियो ।

विभिन्न क्षेत्रका बिज्ञहरुको सभागितामा नेपाल र गुल्मी जिल्लामा कसरी लगानी भित्र्याउन सकिन्छ भनेर छलफल समेत गरिएको गुल्मी उद्योग संघका बरिष्ठ उपाध्यक्ष जनक पन्थले बताए । यस छलफलबाट जिल्लाका लगानी सम्भाव्यता बारे प्रस्तुतिहरु राखिएको थियो ।

यो अभियानलाई जिल्लामा हुँने कुनै पनि कार्यक्रमहरुमा बहस प्रराम्भ गरेर विभिन्न क्षेत्रहरुमा लगानी भित्र्याउने प्रमुख उदेश्य रहेको पन्थले बताए । महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा विभिन्न बिधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती राखेका थिए ।

गुल्मी जिल्ला सदरमुकाम तम्घासमा यस अघिका ५ वटाभन्दा बढी महोत्सवहरु चिदीचौर खेल मैदानमा हुँदै आएका थिए । तर यसपटक तम्घासकै उपल्लो तम्घासमा महोत्सव राखिएको थियो ।

चिदीचौर खेल मैदानमा खेलका लागि मात्रै प्रयोजन गर्ने भनेर श्रृङ्गार्न थालिएकाले महोत्सव गर्न दिइएको थिएन । त्यसैले पनि उपल्लो तम्घासमा निजी जग्गामा महोत्सव गरिएको थियो ।

यो सँगै गुल्मी जिल्लामा ठूला मेला महोत्सव गर्न सार्वजनिक जग्गाको समेत अभाव खड्किएको छ । गुल्मी उद्योग संघले नयाँ ठाउँमा गरेको महोत्सव सोचेभन्दा धेरै राम्रो जनसहभागितामा सम्पन्न भएको जनाएको छ ।

यस अघिका महोत्सव चिदीचौरमा हुँदा दर्शकहरुको उल्लेख्य सहभागिता हुने गर्दथ्यो । यसपटकको महोत्सवमा पनि त्यसैको हाराहारिमा दर्शकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गगनकुमार थापाले पाँच वर्षमा नेपाललाई डिजिटल हब बनाउने रोडम्याप सार्वजनिक
धनगढीमा नाला किनारमा नवजात शिशु फाल्ने महिला पक्राउ
लुम्बिनी प्रदेशको राजधानी सारिएपछि रुपन्देहीको अर्थतन्त्र मन्द : उद्योगी–व्यवसायी चिन्तित
निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका कार्यकर्ता बागलुङको जैमिनीबाट पक्राउ
रामेछापमा निर्वाचन सामग्री बोकेको मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?