By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी अस्पतालमा बालिका मृत्यु : छानबिन समिति गठनपछि शवकाे अन्त्येष्टि

गुल्मी अस्पतालमा बालिका मृत्यु : छानबिन समिति गठनपछि शवकाे अन्त्येष्टि

News Desk
News Desk
२०८० भाद्र १४, बिहीबार ०७:३९

गुल्मी :- उपचारको क्रममा बालिकाको मृत्युपछि तनावग्रस्त बनेको गुल्मीमा अहिले अवस्था सामान्य बनेको छ ।

घटनाको सत्यतथ्य छानबिनका लागि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा ५ सदस्यीय समिति गठन भएपछि घटना साम्य बनेको हो । छानबिन गर्ने सहमति भएपछि मृतकका आफन्तले मृतकको शव पाेष्टमार्टमपछि अन्त्येष्टिका लागि लगिसकेका छन् ।

गुल्मीको गुल्मी अस्पतालमा मंगलबार बिहान उपचारको क्रममा छ वर्षीया बालिकाकाे मृत्यु भएकाे थियो । अर्घाखाँचीकाे छत्रदेब गाउँपालिका-७ काउलेका राजेश मरासिनीकी छाेरी छ वर्षीया प्रशंसा मरासिनीकाे उपचारको क्रममा मृत्युु भएपछि गुल्मी मंगलबार दिनभर तनावग्रस्त बनेको थियो ।

गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसीले रिपोर्ट सामान्य आएपनि बालिकाकाे मृत्यु भएको बताएका थिए । उनले मृतक मरासिनीकाे स्वास्थ्य जाँचकाे क्रममा रिपोर्ट सामान्य रहेको बताउँदै आएका थिए भने मृत्युको कारणबारे अझै स्पष्ट नभएको डा. जिसीकाे प्रतिक्रिया रहेको थियो ।

अस्पतालले मृत्युको कारण बारे जानकारी नदिएपछि अस्पतालकाे लापरबाहीका कारण बिरामी मरासिनीकाे मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका थिए । साेमबार बिहान ११ बजे अस्पताल ल्याएको बिरामीलाई अस्पतालले भर्ना गरेको थियो । मंगलबार बिहान ७:४५ बजे बिरामीको मृत्युु भएको अस्पतालले जनाएको थियो ।

बिरामी मरासिनी बिहान निदाएको अवस्थामा उपचारमा खटिएका डाक्टरले खाेप दिएको र दिनानाथ बिरामीको ज्यान गएको थियो । सामान्य बिरामी भएकी बालिकाकाे मृत्यु भएकाे र अस्पतालले चरम लापरबाही गरेको भन्दै गुल्मी अस्पतालमा स्थिति तनावग्रस्त बन्न पुगेकाे थियो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको समन्वयमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा जिल्ला समन्वय समिति प्रमुख द्राेणबहादुर खत्री, रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थी, अर्घाखाँचीकाे छत्रदेब गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष र मृतकका आफन्तबीच मंगलबार दिनभर छलफल चलेको थियो । छलफलले छानवीन समिति गठन गरेर घटनाको वास्तविकता बाहिर ल्याउने बिषयमा सहमति गरेको थियो ।

गुल्मी अस्पतालका डाक्टरहरुले आफ्नो गल्ती नभएको उल्टै डाक्टरमाथि कुटपिट भएको भनेर आकस्मिक सेवाबाहेकका अन्य सेवा बन्द गरेका थिए । त्यसपछि पीडित पक्षले आन्दोलन झनै चर्काएका थिए । आन्दोलनका क्रममा पीडित पक्षका लक्ष्मण पाण्डे र कृष्ण पाैडेल घाइते भएका छन् । उनीहरुलाई गुल्मीकाे माेडल हस्पिटल प्रालिमा सामान्य उपचारपछि थप उपचार पाल्पामा गरिएको छ ।

पुनः गुल्मी अस्पतालले विज्ञप्ति निकालेर छानबिन समितिले गरेको छानवीनलाई सघाउने र अस्पतालका सबै सेवा पुनः सुचारु गर्ने आधिकारिक विज्ञप्ति मार्फत मंगल दिउँसो नै जानकारी गराएका थियो ।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेकाे नेतृत्वमा गठित समितिले छानवीन अगाडि बढाउनेछ । छानबिनमा दाेषी देखिएकालाई कारबाही गर्ने निर्णय भएपछि आफन्तले पाेष्टमार्टमपछि शव उठाएका हुन् ।

Facebook Comments Box
Total Views: 0
भ्याट हटाउन ढुवानी व्यवसायीहरुको माग
रुपन्देही–१ मा कांग्रेसबाट प्रत्यक्ष महिला उम्मेदवारका रूपमा आयुसा कँडेल सिफारिस
तीजमा नाच्ने बेला भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु
बागलुङ प्रहरी चौकीका इञ्चार्ज हत्या घटना : होटल सञ्चालक आमा-छोरा जेल चलान
सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?