रुपन्देही :-रुपन्देही प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्साका अनुकुमार नट (२८), सरोजकुमार पासवान (१९), सुमन सिंह (३४), अनिल राय (७०), विजय राय नट (३६), रामबाबु राय (३९) र गुल्मीकी मिनाकुमारी कुमाल (३४) रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीका अनुसार पक्राउ परेका व्यक्तिहरू विभिन्न जिल्लामा चोरी, लुटपाट तथा झैझगडाका घटनामा संलग्न रहेको पाइएको छ।
प्रहरीले उनीहरूलाई शुक्रबार सार्वजनिक गरेको हो।
Facebook Comments Box
Total Views: 1


