बुटवल:- रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका महेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ ।उनलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


सिद्धार्थनगर नगरपालिका वडा नं. ७ जनकपथ बस्ने ४८ वर्षीय यादवविरुद्ध चितवन जिल्ला अदालतले २०८१ फागुन २५ गते गरेको फैसला अनुसार ३० लाख रुपैयाँ साँवा तथा बिगो बमोजिम जरिवाना हुने ठहर भएको थियो ।

उक्त बिगोवापतको कैद तथा जरिवाना कार्यान्वयनका लागि अदालतको आदेशअनुसार उनलाई आज सिद्धार्थनगर नगरपालिका वडा नं. ६ स्थित गल्लामण्डीबाट नियन्त्रणमा लिई सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Facebook Comments Box
Total Views:
0

