By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोडभन्दा बढी रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोडभन्दा बढी रकम संकलन

News Desk
News Desk
२०८३ भाद्र १४, आईतवार २१:४८

काठमाडौं:- बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म ५ अर्ब २४ करोड ६९ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विपद्पीडितलाई सहयोग गर्न स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत प्राप्त सहयोगको विवरण सार्वजनिक गरिएको कार्यालयले जनाएको छ।

आज मध्याह्नसम्म विभिन्न नौ वटा वाणिज्य बैंकका खातामा उक्त रकम जम्मा भएको हो। यसबाहेक हिमालयन र लक्ष्मी बैंकमा गरी थप २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।

सरकारले सहयोग संकलन र त्यसको विवरण पारदर्शी बनाउन ‘उद्धार अनुरोध पोर्टल’ समेत सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमार्फत स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरिएको छ।

                    नक्कली क्यूआरबाट सचेत रहन आग्रह
विपद्को समयमा पीडितको नाममा हुन सक्ने सम्भावित आर्थिक ठगीप्रति पनि सरकारले सचेत गराएको छ। सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र आधिकारिक बैंक खातामार्फत मात्रै रकम जम्मा गर्न आग्रह गरिएको छ।

विशेषगरी खाताको नाम ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ वा ‘प्रधानमन्त्री कोष’ रहेको सुनिश्चित गरेर मात्र रकम पठाउन अनुरोध गरिएको छ।
संकलित सहयोगको पारदर्शी उपयोग र सही व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै सरकारले आधिकारिक बैंक खाता तथा सहयोगसम्बन्धी विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा उपलब्ध गराइएको जनाएको छ।

विनाशकारी बाढीबाट प्रभावित परिवारहरू राहत र पुनःस्थापनाको प्रतीक्षामा रहेका बेला स्वदेश तथा विदेशबाट बढिरहेको सहयोगले विपद्पीडितप्रतिको ऐक्यबद्धता थप बलियो बनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
तम्घासदेखि रेसुङ्गासम्म दौड प्रतियोगिता, मुसिकाेटका खत्री प्रथम
भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान
भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको बख्तरबन्दसहित गस्ती सुरु
मन्त्रिपरिषद्को कडा निर्णय : ओलीसहित चार जनाविरुद्ध पक्राउ पुर्जी प्रक्रिया अघि बढ्यो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?