चितवन :- चितवनको भरतपुरमा श्रीमान्ले फलामको रड प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

प्रहरीका अनुसार स्याङ्जा घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले ३२ वर्षीया श्रीमती सपना मगरको हत्या गरेका हुन्।
घरायसी विवादका क्रममा सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरी कुटपिट गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। गम्भीर घाइते भएकी सपनाको डेरा कोठामै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले सुमनलाई पक्राउ गरेको छ।
हत्याको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
Total Views: 1


