By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सुनसरी घटनापछि तनाव अन्त्य, पाँच बुँदे सहमति

सुनसरी घटनापछि तनाव अन्त्य, पाँच बुँदे सहमति

News Desk
News Desk
२०८२ पुष १७, बिहीबार १६:१३

विराटनगर :- सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव पाँच बुँदे सहमतिसँगै अन्त्य भएको छ।

बुधबार राति करिब १ बजे भारतबाट सिटी सफारीमा सामान लिएर नेपाल फर्कँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि स्थानीय बासिन्दा र पीडित पक्ष आन्दोलित बनेका थिए। आन्दोलनका क्रममा स्थानीय र प्रहरीबीच झडप हुनुका साथै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा समेत आक्रमण भएको थियो।

बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा पीडित पक्ष, सुरक्षा निकाय र प्रशासनबीच भएको वार्तामा घटनाको छानबिन गर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिने तथा रोजगारीको व्यवस्था गर्ने विषयमा पाँच बुँदे सहमति जुटेको हो।

सहमतिपछि अवस्था सामान्य बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए।
सहमतिका मुख्य बुँदा यस्ता छन् :
१- छानबिन समिति गठन
घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहनेछन्। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ।
२- क्षतिपूर्तिको सिफारिस
छानबिन प्रतिवेदनमा सुरक्षा अधिकारीको लापरबाही देखिएमा नियमानुसार राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिनेछ।

३-रोजगारीको व्यवस्था
मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले आवश्यक पहल र सहजीकरण गर्ने सहमति भएको छ।

४-छोरालाई सशस्त्र प्रहरीमा भर्ना सहयोग
मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा व्यक्त गरेमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग र सहजीकरण गर्ने सहमति गरिएको छ।

५-शव व्यवस्थापन
सहमति भएसँगै मृतकको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई बुझाइने र त्यसपछि परिवारले दाहसंस्कार गर्ने व्यवस्था मिलाइएको छ।
सहमति पत्रमा स्थानीय प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा पीडित पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
बुढानिलकण्ठ–३ चपलीमा ‘नेपाल सम्बत’ तथा नेवारी पर्व भव्यताका साथ सम्पन्न
बालकको मृत्यु भएपछि अस्पतालमा तनाव
धनगढीमा ‘स्ट्रीटलाइट’को पोल भाचिदिएपछि मेयरले यस्तो भने
विवाहोत्सवले भरिभराउ जनकपुर
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?