By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कांग्रेस महाधिवेशन : युवा खुलातर्फ ओमप्रसाद भण्डारी ‘अमृत’को उम्मेदवारी

कांग्रेस महाधिवेशन : युवा खुलातर्फ ओमप्रसाद भण्डारी ‘अमृत’को उम्मेदवारी

News Desk
News Desk
२०८३ आश्विन १०, शनिबार २०:३१

तम्घास :-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिको युवा खुलातर्फ ओमप्रसाद भण्डारी ‘अमृत’ले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका भण्डारीले युवा सहभागिता, संगठन सुदृढीकरण र पुस्तान्तरणका मुद्दालाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाएका छन्।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा अघि बढाएका भण्डारीले नेविसंघ जिल्ला कार्यसमिति सदस्य तथा बुटवल बहुमुखी क्याम्पस नेविसंघ कार्यसमिति सदस्य र सचिवको जिम्मेवारी सम्हालिसकेको बताएका छन्।

पछिल्लो समय जेन–जी पुस्ताको राजनीतिक सहभागिताबारे बहस भइरहेका बेला भण्डारीले आफूलाई नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा अघि सारेका छन्। पार्टीभित्र युवाको सहभागिता केवल उपस्थितिमा सीमित नभई नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्व तहसम्म पुग्नुपर्ने उनको धारणा छ।

भण्डारीका अनुसार उनले २०७४, २०७९ र २०८२ सालका निर्वाचनमा कांग्रेसका उम्मेदवारको चुनावी अभियानमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए। विशेषगरी २०७९ सालको स्थानीय तह निर्वाचनमा युवा परिचालनको जिम्मेवारी सम्हालेर अभियानमा सक्रिय भएको उनले बताएका छन्।

विद्यार्थी संगठनदेखि पार्टीको चुनावी अभियानसम्म प्राप्त अनुभवलाई अब महाधिवेशन प्रतिनिधिको भूमिकासँग जोड्न चाहेको भण्डारीको भनाइ छ। उनले संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन नयाँ पुस्ताको ऊर्जा र अग्रजको अनुभवबीच समन्वय आवश्यक रहेको बताएका छन्।

‘अनुभवलाई जिम्मेवारीमा, युवाको ऊर्जालाई परिवर्तनमा र विचारलाई व्यवहारमा रूपान्तरण गर्ने’ संकल्पसहित आफू अघि बढेको भण्डारीले बताएका छन्।

उनले महाधिवेशन प्रतिनिधिका रूपमा युवाका मुद्दा र अपेक्षालाई पार्टीको नीति तथा निर्णय प्रक्रियासम्म पुर्‍याउने, संगठनमा नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता बढाउने र तल्लो तहका कार्यकर्ताको आवाज नेतृत्वसम्म जोड्ने विषय आफ्नो प्राथमिकतामा रहने बताएका छन्।

नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ असोज १६, १७, १८ र १९ गते काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार विभिन्न तहको अधिवेशन प्रक्रिया पनि अघि बढिरहेको छ।

यसैक्रममा युवा खुलातर्फ भण्डारीको उम्मेदवारीले कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधित्व र नेतृत्वमा युवाको भूमिकासम्बन्धी बहसलाई थप अघि ल्याएको छ। अन्तिम प्रतिस्पर्धाको स्वरूप भने उम्मेदवारहरूको अन्तिम सूची र निर्वाचन प्रक्रिया पूरा भएपछि स्पष्ट हुनेछ।

Facebook Comments Box
Total Views: 0
ललितपुर–३ मा तोसिमा कार्कीको शानदार जीत
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, राजनीतिक वृत्तमा तरङ्ग
राहत शिक्षक केन्द्रिय समितिद्वारा वार्ता बहिस्कार
घाइते एकता शाहलाई निःशुल्क MBBS: शिक्षा मन्त्रालयको स्पष्टिकरण—‘कानुन विपरीत होइन’
बुढानिलकण्ठ–३ को नेतृत्व : समाजसेवि राजेन्द्र थापाको तयारी, प्राथमिकता र आगामी राजनीतिक यात्रा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी1
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

भरतपुरमा फलामको रड प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

आधुनिकताको प्रभावले हराउँदै देउसी–भैलोको मौलिकता

रुपन्देहीमा सात जना पक्राउ

२०८३ कार्तिक २५, बुधबार १९:२६

अनलाइन ठगीको रकम एक घण्टाभित्र रोक्का गर्ने लक्ष्यसहित नेपालमा एन्टी साइबर स्क्याम सेन्टर सञ्चालन हुँदै

रुपन्देहीमा परीक्षा नदिई र नतिजा सच्याएर निकालिएका १३ लाइसेन्स रद्द गर्न अख्तियारको निर्देशन

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १४औँ चार्टर नाइट सम्पन्न, संस्थापकहरूलाई सम्मान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?