By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको बख्तरबन्दसहित गस्ती सुरु

निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको बख्तरबन्दसहित गस्ती सुरु

News Desk
News Desk
२०८२ फाल्गुन १४, बिहीबार २२:३४

हरिवन :- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै नेपाली सेना ले बख्तरबन्द (माइन प्रुफ भेइकल) सवारीसहितको गस्ती सुरु गरेको छ।

गत माघ २१ गतेदेखि सर्लाही जिल्लाभर नियमित गस्ती गर्दै आएको सेनाको टोलीले गत मंगलबारदेखि बख्तरबन्द सवारीसहितको थप टोली परिचालन गरेको लालबन्दी नगरपालिका–२ पाँचकुमारीस्थित कालीध्वज गण का गणपति प्रमुख सेनानी उमेश खड्काले जानकारी दिए।

निर्वाचन सुरक्षाका लागि सेनाले आवश्यकताअनुसार एक्लै तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सँग संयुक्त रूपमा गस्ती गरिरहेको गणले जनाएको छ।


प्रमुख सेनानी (कर्नेल) खड्काका अनुसार निर्वाचन क्षेत्र नं. १ मा पाँचकुमारी गणबाट, क्षेत्र नं. २ मा मलंगवास्थित सुरक्षा बेसबाट र क्षेत्र नं. ३ मा बागमतीस्थित सुरक्षा बेसबाट चौबिसै घण्टा गस्ती टोली परिचालन गरिएको छ। क्षेत्र नं. ४ का लागि धनकौल गाउँपालिकामा मेजरको कमान्डमा अस्थायी सुरक्षा बेस स्थापना गरी सोही बेसबाट गस्ती भइरहेको छ। मलंगवा र बागमतीमा भने यसअघिदेखि नै मेजरको कमान्डमा सेनाको स्थायी सुरक्षा बेस सञ्चालनमा रहेका छन्।

यसअघिका निर्वाचनहरूमा मतदानको केही दिनअघि मात्र सेना परिचालन हुने गरेको भए पनि यसपटक नेपाल सरकारको निर्णयअनुसार करिब एक महिना अघिदेखि नै सेना परिचालन गरिएको जनाइएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।

Loading

Facebook Comments Box
‘प्रधानमन्त्री छान्ने विषयमा गम्भीर बनौं’ – काँग्रेस नेताहरूको मतदातालाई आग्रह
गुल्मीकाे छत्रकाेटमा आगाे निभाउने क्रममा एक वृद्ध घाइते
बागलुङ प्रहरी चौकीका इञ्चार्ज हत्या घटना : होटल सञ्चालक आमा-छोरा जेल चलान
धनगढीमा ‘स्ट्रीटलाइट’को पोल भाचिदिएपछि मेयरले यस्तो भने
तिनाउमा पौडी खेल्दा डुबेर युवकको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?