By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मन्त्रिपरिषद्को कडा निर्णय : ओलीसहित चार जनाविरुद्ध पक्राउ पुर्जी प्रक्रिया अघि बढ्यो

मन्त्रिपरिषद्को कडा निर्णय : ओलीसहित चार जनाविरुद्ध पक्राउ पुर्जी प्रक्रिया अघि बढ्यो

News Desk
News Desk
२०८२ चैत्र १३, शुक्रबार २१:३६

काठमाडौं :-बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै महत्वपूर्ण र कडा निर्णय गर्दै देशको राजनीतिमा नयाँ तरंग ल्याएको छ।

सरकारले ‘जेनजी आन्दोलन जाँचबुझ आयोग’को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। सोही आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल विरुद्ध पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।


मन्त्रिपरिषद्को निर्णयपछि सुधन गुरुङ मार्फत नेपाल प्रहरीलाई आवश्यक परिपत्र समेत पठाइसकिएको बताइएको छ। उच्च सुरक्षा स्रोतका अनुसार सम्भावित पक्राउबारे उच्चस्तरीय छलफल तीव्र बनेको छ।

यसैबीच गृहमन्त्री गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की तथा सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल सँग गृह मन्त्रालयमा रणनीतिक बैठक गर्दै कार्यान्वयन प्रक्रिया अघि बढाएका छन्।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार आन्दोलन नियन्त्रणमा खटिएका सुरक्षाकर्मीमाथि तत्काल कारबाही नगरी थप अध्ययनका लागि छुट्टै समिति गठन गरिनेछ। तर आदेश दिने उच्च तहका जिम्मेवार व्यक्तिहरूमाथि भने कारबाही अनिवार्य हुने सरकारको स्पष्ट संकेत छ।

गृहमन्त्री गुरुङले सरकार ‘जेनजी आन्दोलन’कै जनादेशबाट बनेको उल्लेख गर्दै निर्णय कार्यान्वयनमा कुनै ढिलाइ नहुने बताएका छन्। “प्रधानमन्त्री र मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्नुपर्छ, कसैलाई छुट छैन,” उनले निर्देशन दिएका छन्।

उक्त आयोगका प्रमुख गौरीबहादुर कार्की नेतृत्वको टोलीले दिएको सिफारिसअनुसार अबका दिनहरूमा थप कानुनी प्रक्रिया अघि बढ्ने देखिएको छ। नेपालको राजनीतिक परिदृश्यमा यो निर्णयले ठूलो प्रभाव पार्ने आकलन गरिएको छ।

Facebook Comments Box
Total Views: 0
नुवाकोटको ककनीमा रास्वपाको वडा अधिवेशन सम्पन्न
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प
रुपन्देही–२ का एमाले उम्मेदवार विष्णु पौडेलद्वारा कालिकापथमा घरदैलो
नारायणी अस्पतालमा स्थापित ओसीएमसीले ३९५ जनालाई दियो सेवा
रम्बादेवी कलेजको बसले ठक्कर दिँदा सैनामैनाका बाबुराम अर्यालको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

सुनौली बसपार्कको सरसफाइ प्रश्नमा चिन्ता : अनुगमन कागजमै सीमित कि व्यवहारमा पनि?

सिरहामा २७६ किलो गाँजा बरामद, थप अनुसन्धान जारी

जापानमा रहेका गायक सन्तोष खत्री जापानी गीत सार्वजनिक गर्ने तयारीमा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?