बुटवल:- रुपन्देहीको बुटवल–९, हस्पिटल पछाडि ईटाभाटी क्षेत्रमा सञ्चालनमा रहेको 365 होटल मालिका एन्ड लजले सेवाग्राहीहरूलाई सहज, सुलभ र आरामदायी सेवा प्रदान गर्दै आएको छ। शान्त वातावरण, सफा कोठा तथा पारिवारिक आतिथ्यका कारण यो होटल स्थानीय तथा बाह्य पाहुनाहरूको रोजाइ बन्दै गएको छ।


होटलमा स्वादिष्ट खाना तथा नास्ताको व्यवस्था रहेको छ। यहाँ म:म, चाउमिन लगायत विभिन्न परिकारहरू उचित मूल्यमा उपलब्ध छन्, जसले ग्राहकलाई घरझैँ स्वादको अनुभूति दिलाउने गर्दछ।
बसोबासका लागि पनि होटलले विभिन्न किसिमका कोठाहरू उपलब्ध गराएको छ। एसी रुम रु. १०००, अट्याच बाथरुमसहितको कोठा रु. ६०० र सामान्य कोठा रु. ३०० मा उपलब्ध रहेको छ, जसले सबै वर्गका सेवाग्राहीलाई सहज बनाएको छ।


होटलका सञ्चालक मिनराज गिरीका अनुसार ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता दिँदै सेवा प्रदान गरिएको छ। “एकपटक सेवा लिनुहुने पाहुना पुनः फर्किने विश्वास हाम्रो बल हो,” उनले बताए।
सजिलो पहुँच, उचित मूल्य र गुणस्तरीय सेवाका कारण 365 होटल मालिका एन्ड लज बुटवल क्षेत्रमै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।

सम्पर्क: ९८५७०३६५३७

