By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » जेनजी प्रतिवेदन कार्यान्वयनपछि राजनीतिक तरङ्ग, ओली–लेखक पक्राउ तयारीमा एमालेको कडा विरोध

जेनजी प्रतिवेदन कार्यान्वयनपछि राजनीतिक तरङ्ग, ओली–लेखक पक्राउ तयारीमा एमालेको कडा विरोध

News Desk
News Desk
२०८२ चैत्र १३, शुक्रबार २३:२५

काठमाडौं:- बालेन्द्र शाह नेतृत्वको सरकारले ‘जेनजी आन्दोलन’ छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेसँगै देशको राजनीतिक वृत्तमा ठूलो तरङ्ग उत्पन्न भएको छ।

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक सहित उच्च पदाधिकारीलाई पक्राउ गर्ने तयारी थालेपछि नेकपा एमाले ले कडा विरोध जनाएको छ।

उच्च स्रोतका अनुसार मन्त्रिपरिषद्को पहिलो बैठकपछि गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गर्दै पक्राउ प्रक्रिया अघि बढाएका छन्। ओली र लेखकलाई रातिको समयमा निवासबाटै पक्राउ गर्ने तयारी भइरहेको बुझिएको छ। सरकार भने आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा देखिएको छ।


आयोगले आन्दोलनका क्रममा विद्यार्थीहरूमाथि गोली प्रहार भएको घटनामा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई प्रमुख दोषी ठहर गर्दै फौजदारी अभियोगमा कारबाही सिफारिस गरेको छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ अनुसार लापरबाहीपूर्ण कामका कारण ज्यान जाने घटनामा अनुसन्धान गर्न भनिएको छ। कसुर प्रमाणित भए ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको प्रावधान रहेको छ।

आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ माथि पनि सोही दफाअनुसार कारबाही सिफारिस गरेको छ। साथै गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल माथि दफा १८२ अनुसार कारबाही अघि बढाउन भनिएको छ।

यद्यपि, सुरक्षा निकायका केही उच्च अधिकारीहरूको हकमा भने छुट्टै अध्ययन समिति बनाएर थप निर्णय लिने तयारी गरिएको छ।
यसैबीच एमाले नेतृत्वले सरकारको कदमलाई ‘प्रतिशोधपूर्ण’ भन्दै विरोध तीव्र बनाएको छ। एमाले महासचिव शंकर पोखरेल ले सामाजिक सञ्जालमार्फत प्रतिवेदन खारेज गर्न माग गरेका छन् भने नेता महेश बस्नेत ले सरकारको निर्णयलाई कुटिल र षड्यन्त्रपूर्ण बताएका छन्।

सामाजिक सञ्जालमा भने यस विषयमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले कानुनी प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन् भने एमाले समर्थकहरूले नेतृत्वको विरोधलाई समर्थन गरेका छन्।
सरकारको यो कदमले आगामी दिनमा देशको राजनीतिक परिस्थिति थप तनावपूर्ण बन्ने संकेत देखिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रुपन्देही–२ मा चुन्नप्रसाद पौडेलको प्रतिबद्धता : ‘अर्थतन्त्र सुधार्न कृषि क्रान्ति अपरिहार्य’
आईएमई लाइफको सेयरधनी बन्नुभयो ? यसरी हेर्नुहोस् नतिजा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको कडा निर्देशन : “ढिलासुस्ती चल्दैन, सरकारको स्पिरिट समात्नू”
तिलोत्तमामा १०० वर्षीया आमासहित ज्येष्ठ नागरिकले गरे मतदान
गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?