By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा पर्व लक्षित ग्रामीण स्तरका सडक धमाधम मर्मत

गुल्मीमा पर्व लक्षित ग्रामीण स्तरका सडक धमाधम मर्मत

News Desk
News Desk
२०८० कार्तिक ६, सोमबार १६:५९

गुल्मीः दशै तिहार जस्ता महान पर्वलाई लक्षित गर्दै ग्रामीण स्तरका सडकहरु धमाधम मर्मत गर्न थालिएको छ ।चाडपर्वलाई लक्षित गर्दै ग्रामीण सडकहरु मर्मत गर्ने कार्यलाई तीव्रता दिएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो । देश तथा विदेशबाट दशै तिहार जस्ता पर्वहरु मनाउन गाउँमा आउनेको सङख्या पनि बढी हुने र वर्षा पनि रोकिएकाले सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिएको उहाँको भनाई छ ।

वर्षा रोकिए सङगै विग्रिएका सडकहरुलाई मर्मत तथा सफा गर्दा यात्रामा सहज हुने र दुर्घटना न्यूनीकरणमा समेत टेवा पुग्ने आफूहरुले विश्वास लिएको दर्लामीले बताउनुभयो ।यस्तै रुरुक्षेत्र गाउँपालिकाले पालिका भित्रका सबै सडकहरु मर्मत गर्ने कार्यलाई प्राथमिकता दिएको अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । केही दिन पहिले देखी सडक मर्मतका लागि डोजरहरु लगाइएको बताउँदै सडकहरु मर्मत गर्ने कार्यअन्तिम चरणमा पुगेको उहाँको भनाई छ ।

चन्द्रकोट गाउँपालिकाले वडाबाट कार्यन्वयन हुने गरी बजेट विनीयोजन गरेको र वडाको समन्वयमा सडक मर्मत तथा सफा गर्ने कार्य भइरहेको अध्यक्ष युवराज केशीेले जानकारी दिनुभयो ।रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले ग्रामीण स्तरका सडक मर्मत गर्ने कार्य भइरहेको भन्दै दशैमा वर्षा नभएमा ग्रामीण स्तरका सडकहरु पनि सफा र चिटिक्क हुने दाबी गर्नुभयो ।जिल्लाका दुई नगर र १० गाउँपालिका सहित १२ स्थानीय तहहरुले ग्रामीण स्तरका सडकहरु मर्मत तथा सफा गर्ने कार्यलाई तीव्रता दिएको बताउँदै आएका छन् ।

यता मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका प्रमुख माधव अधिकारीले राजमार्गमा खसेका पहिरोहरु पन्छाएको र सामान्य सडक मर्मत गर्नका लागि लेन्थ वर्करहरु लगाएको बताउनुभयो ।

 

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, राजनीतिक वृत्तमा तरङ्ग
रुपन्देही–२ मा सुलभ खरेलको फराकिलो अग्रता
हर्मुज जलसन्धि संकटपछि विश्व अर्थतन्त्रमा कम्पन, नेपालमा समेत प्रभाव पर्ने संकेत
आधा सिलिन्डर नीतिले बढायो ग्यास संकट, उपभोक्ता लाइनमा
रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश अध्यक्षमा सन्तोष रानाभाट चयन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?