रुपन्देही :- उज्यालो नेपाल पार्टीका रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार इन्जिनियर सुरज पाण्डेले मतदान गरेका छन्। उनले चादबारीस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन्।
मतदानपछि उनले लोकतान्त्रिक प्रक्रियामा सबै मतदाताले सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान जारी रहेको छ।
![]()
Facebook Comments Box

