By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » अनुहार उज्यालो पार्नुस्, रास्वपा साथमै छ’ : प्रधानमन्त्री कार्कीलाई रवि लामिछानेको आग्रह

अनुहार उज्यालो पार्नुस्, रास्वपा साथमै छ’ : प्रधानमन्त्री कार्कीलाई रवि लामिछानेको आग्रह

News Desk
News Desk
२०८२ पुष ५, शनिबार २१:१९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्धक्क भएर काम–कारबाही अघि बढाउन आग्रह गरेका छन्। शनिबार चितवनमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सुशासन र निष्पक्ष कामका लागि रास्वपा सरकारको साथमा रहेको स्पष्ट पारे।

आफू नक्खु कारागारमा रहेका बेला टेलिभिजनमा प्रधानमन्त्रीको अनुहार कहिलेकाहीँ उदास देखिने गरेको उल्लेख गर्दै लामिछानेले प्रधानमन्त्रीलाई उत्साहित बन्न आग्रह गरे। “आफ्नो अनुहार उज्यालो पार्नुस् प्रधानमन्त्रीज्यू,” उनले भने, “रास्वपा तपाईंको साथमा छ। सुशासनको डन्डा चलाउनुस्, निर्धक्क भएर निर्णय गर्नुस्, चुनाव गराउनुस्। रास्वपा तपाईंको साथमा छ।”


पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले प्रधानमन्त्री कार्की न्यायालयको प्रतीकजस्तै व्यक्तित्व भएको उल्लेख गर्दै अब देशलाई पनि न्याय दिलाउने जिम्मेवारी उहाँकै काँधमा रहेको बताए। “प्रधानमन्त्रीको साथमा केवल रास्वपा मात्र होइन, सिंगो देश उभिएको छ,” उनले भने।

सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा पौने चार करोड रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका लामिछानेको यो पहिलो सार्वजनिक राजनीतिक सम्बोधन हो। रिहाइपछि उनले पार्टी कार्यकर्तामाझ देखाएको आक्रामक र उत्साहपूर्ण अभिव्यक्तिले रास्वपाको आगामी राजनीतिक यात्रामा थप सक्रियता देखिने संकेत गरेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति
गुल्मीको तम्घास बजारमै म्याद नाघेका सामग्री बिक्री
गुल्मीदरबार गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा
रास्वपा गुल्मी–१ का पूर्व उम्मेदवार भण्डारीद्वारा पार्टी परित्याग
टोपबहादुरका छोरा सन्दीप रायमाझी बुटवलबाट पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?