By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भूकम्प पीडितको आँगनमा आएन तिहार

भूकम्प पीडितको आँगनमा आएन तिहार

News Desk
News Desk
२०८० कार्तिक २९, बुधबार १४:३१

रुकुम : – जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन ।

सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१३ मा छोरासँगै आएकी २६ वर्षीया भूमिका शाही मल्ल र चार वर्षको छोरा लेखनाथको भूकम्पमा परेर ज्यान गयो । दुई आमा छोराको ज्यान मात्रै गएन, उनकी आमा, बहिनीको नाै महिनाको छोरा र माइजुको समेत ज्यान गयाे । उनीहरू पाँचै जनाको १४ नम्बर वडाको मामाघर ज्यामिरेकोट पूर्णगाउँमा ज्यान गएको थियो । उनीहरू बिरामी माइजुलाई भेट्न त्यहाँसम्म पुगेका थिए ।

यस्तै आठबीसकोट–१३ हम्पाका लक्ष्मण शाहीलाई आमा, बहिनी, दुई भान्जा गुमाउँदा ठूलो ब्रजपात परेको छ । आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदैछ, उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ ।

???????? ??????? ??????????? ???????????
???????, ?? ??????? :
????????? ???? ???????????-? ???? ?????? ???????? ?? ????????? ??????????? ????? ??????????? ?????? : ????? ??????/????

यति बेला धेरै ठाउँमा तिहारको रौनक छ । ठाउँठाउँमा देउसीभैलो खेलिरहेका छन्, रमाइलो गरिरहेका छन् । तर लक्ष्मणजस्तै सयौँ भूकम्प पीडितलाई तिहारले छुन सकेको छैन । भूकम्पले घरपरिवारमा पुर्‍याएको जनधनकाे क्षतिका कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको आठबीसकोट–१३ हम्पाका लक्ष्मण शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा बहिनीहरू आफ्नो घरबाट मखमली सयपत्री बोकेर टीका लगाउन आउँथे, तिहारमा सँगै बसेर सुख दुःख साटिन्थो, यो वर्ष त हाम्रो परिवारमा भूकम्पले ब्रजपात पर्‍यो, खुशीसमेत लुटेर लग्यो ।”

तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको आठबीसकोट–१३ भल्माका हरिबहादुर ओलीले बताउनुभयो । तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षित बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताउनुभयो ।

त्रिपाल लगाएर बारीमै चिसो रात काट्नु पर्दा निकै समस्या हुने गरेको सानीभेरी गाउँपालिका–४ का कालिकादेवी मल्लले बताउनुभयो । यो वर्ष तिहारले नछोए पनि भूकम्पबाट बाँच्न सफल भएकोमा भने मल्लले खुशी व्यक्त गर्नुभयो । उहाँले पनि सम्बन्धित निकायलाई अस्थायी बसोबासका लागि तत्काल व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

भूकम्प पीडितलाई पहिलो चरणको राहत वितरण सकिएकाले अस्थायी पुनःनिर्माण आवश्यक रहेको र त्यहीअनुसार जिल्ला प्रशासन कार्यालय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित स्थानीय तहलाई त्यहीबमाेजिम तयारी गर्न भनिएको छ । भूकम्प प्रभावित क्षेत्रमा तिहारलगतै अस्थायी पुनःनिर्माणकाे काम शुरु गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
तिलोत्तमा–५ मा विष्णु पौडेलको घरदैलो तीव्र, विकासका एजेन्डा दोहोर्‍याए
बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद
रुपन्देहीमा एमालेको रणनीतिक चाल: पाँचै क्षेत्रमा अनुभवी उम्मेदवार
नारायणघाट–बुटवल सडकमा राति ठूला सवारीमा रोक, तीन दिनसम्म लागू
तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?