By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सैनामैना–१ मा १३५ युवा कांग्रेसमा प्रवेश, मतदाताको माया र सद्भावले पौडेलको जित सुनिश्चित

सैनामैना–१ मा १३५ युवा कांग्रेसमा प्रवेश, मतदाताको माया र सद्भावले पौडेलको जित सुनिश्चित

News Desk
News Desk
२०८२ फाल्गुन १८, सोमबार २१:३७

बुटवल :-प्रचारप्रसारको अन्तिम दिन रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा १३५ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध सुरज बिक र नरु जिसीको नेतृत्वमा कांग्रेसमा प्रवेश गरेका यी युवालाई नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति प्रजापाल गिरी, प्रदेशसभा क्षेत्रीय सभापति चिन्तामणी भुसाल, वडा नं. १ का सभापति फटिक केसी, लक्ष्मण घिमिरे र अनिल पहाडी लगायतले स्वागत गरेका छन्।

उक्त दिन कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले तिलोत्तमा र बुटवल क्षेत्रका घरदैलो कार्यक्रम पनि सञ्चालन गरेका थिए। तिलोत्तमा नगरपालिका–४ अन्तर्गत ड्राइभरटोल, डिङ्गरनगर र सीमानगरका स्थानीयले उत्साहपूर्वक सहभागिता जनाएका थिए भने बुटवल उपमहानगरपालिका वडा नं. ११ का विभिन्न टोलमा समेत मतदातासँग प्रत्यक्ष संवाद भएको थियो।


घरदैलोका क्रममा पौडेलले सुकुम्बासी समस्या समाधान, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र नदी नियन्त्रणका लागि तटबन्ध निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मतदाताका सुझाव र आवश्यकता अनुसार क्षेत्रको समग्र विकासका योजना अघि बढाइने बताए।

उम्मेदवार पौडेलले नवयुवा र पछाडि परेका वर्गलाई राष्ट्र निर्माणमा जोड्ने उद्देश्यका साथ ज्ञान, विज्ञान र प्रविधिको विकासमा आधारित अवसर सिर्जना गर्ने प्रतिवद्धता जनाए। मतदाताले घरघरमा उनलाई खादा, माला र टीका लगाएर स्वागत गर्दै जितको शुभकामना तथा आर्शीवाद प्रदान गरे। पौडेलले मतदाताको माया र सद्भावले आफ्नो जीत सुनिश्चित भएको विश्वास व्यक्त गरेका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
धुर्कोटमा एमालेको छैटौँ बैठक सम्पन्न : अधुरा विकास आयोजना पूरा गर्ने अठोट
समुदायको एकता र संस्कृतिको संरक्षणमा जोड स्याङ्जा कार्कीकोट तराईवासी मगर समाजको १२औँ वार्षिक साधारणसभा सम्पन्न
जेनजी आन्दोलनबारे जाँच आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो
बेलहिया नाकामा १०० रुपैयाँको सामानमा पनि भन्सार
के हुन्छ, जब आफूखुसी फ्लेक्सन खान्छौं
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?