By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नेपालमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गुल्मीदरबार गाउँपालिकाका घोषणा

नेपालमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गुल्मीदरबार गाउँपालिकाका घोषणा

News Desk
News Desk
२०८० जेष्ठ ७, आईतवार २०:५४

राम कृष्ण कंडेल जेठ ७ गुल्मी ।

नेपालमा पहिलो पटक २०८० साल जेष्ठ ६ गते गुल्मीको गुल्मीदरबार गाउँपालिकाका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ ।

गुल्मीदरबार गाउँपालिकाका सात वटै वडामा रहेका स्वास्थ्य संस्थालाइ भब्य कार्यक्रमका विच पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्विनि प्रदेशका प्रदेश साम्सद माननिय धनेन्द्र कार्कीले भब्य कार्यक्रमका विच नेपाल मै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्नुभएको हो ।प्रमुख अतिथि कार्कीले कार्यक्रममा बोल्दै यस घोषणालाइ दिगो बनाइराख्न र पोषणमैत्रि स्थानिय सासन संचालन तर्फ उन्मुख गाउपालिकालाइ गराउन आफ्नो तर्फबाट सदैव सहयोग रहने बताउनुभयो ।

पोषणमैत्री स्थानीय तह घोषणाको लागि गाउँपालिकाको स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्न आवश्यक १६ वटा सुचक तथा मापदण्डहरु पुरा गर्न हालसम्म भएगरेका गतिविधिहरुको श्रव्य दृश्य सामाग्रि भिडियो डकुमेन्टरी प्रस्तुत गरिएको थियो ।गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक सुचक तथा मापदणडहरु पुरा भएकोले पुर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष तथा पालिका स्तरमा पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमितिका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिनुभयो ।

 

२०७६ साल फागुनमा गुल्मीदरबार गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गिय अशोक कुमार थापाको अध्यक्षतामा पालिकास्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बसी १७ बुँदे प्रतिबद्धता जारी गरी पोषण तथा स्वास्थ्यको क्षेत्रमा थप नविनतम क्रियाकलापहरु संचालन गर्दै ३ बर्षको अथक प्रयास पश्चात शनिवार नेपालमै पहिलो पटक गस गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणाको लागि आवश्यक सुचकहरु पुरा गर्न सफल भएको प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले बताउनु भयो ।

घोषणाको तयारी पूर्व गर्नु पर्ने सुचकहरु पोषण मैत्री स्वास्थ्य संस्थाहरुको लागी आवस्यक सुचकहरुको प्रमाणिाकरण, गाउँकार्यपालिकाबाट पोषणको क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता, अनुगमन, समीक्षा र मुल्याकनको काम पुरा भएको प्रमुख प्रशासकिय अधिकृत एवम् पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति सदस्य राजिव पन्थीले जानकारी दिनुभयो ।

२०७६ साल फागुनमा गुल्मीदरबार गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गिय अशोक कुमार थापाको अध्यक्षतामा पालिकास्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बसी १७ बुँदे प्रतिबद्धता जारी गरी पोषण तथा स्वास्थ्यको क्षेत्रमा थप नविनतम क्रियाकलापहरु संचालन गर्दै ३ बर्षको अथक प्रयास पश्चात शनिवार नेपालमै पहिलो पटक गस गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणाको लागि आवश्यक सुचकहरु पुरा गर्न सफल भएको प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले बताउनु भयो ।

घोषणाको तयारी पूर्व गर्नु पर्ने सुचकहरु पोषण मैत्री स्वास्थ्य संस्थाहरुको लागी आवस्यक सुचकहरुको प्रमाणिाकरण, गाउँकार्यपालिकाबाट पोषणको क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता, अनुगमन, समीक्षा र मुल्याकनको काम पुरा भएको प्रमुख प्रशासकिय अधिकृत एवम् पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति सदस्य राजिव पन्थीले जानकारी दिनुभयो ।

पालिका अध्यक्ष तथा पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति समितिका संयोजक थापाले भन्नुभयो–‘पोषणको बस्तुगत बिवरणा संकलन, तयारी, बिश्लेषणा र प्रकाशन, निश्चित सुचक तथा मापदण्डका आधारमा गाउँ, वडा हुँदै शाखागत र पालिका स्तरमा पोषणा सम्पर्क व्यक्ति, पोषण डेस्क स्थापना गर्दै आगामि दिनमा पूर्ण पोषणमैत्री स्थानिय सासनका लागि समेत आवस्यक कार्योजना बनाइनेछ ।

‘पोषण बिशेष कार्यक्रमको गुणस्तर सुधार निर्देशिका २०७८ बमोजिम ७ वटै वडाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुले सवै सूचकहरु पुरा गरेको गाउँपालिका स्वास्थ्य शाखा अधिकृत तथा पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति समितिका सदस्य सचिव नारायण प्रसाद अर्यालले जानकारी दिनुभयो ।

गुल्मीदरबार गाउँपालिका, जिल्ला समन्वय र स्वास्थ्य कार्यालय गुल्मीको पोषण तथा खाद्य सुरक्षा निर्देशनक समितिले अनुगमन, मुल्यांकन तथा सुचकको प्रमाणिकरण पत्र प्राप्त भएपछि घोषणा गरिएको छ ।गर्भवति महिलाले ८ पटक पूर्व प्रसुति जाँच, प्रसुति पछीको ४ पटक जाँच गर्भवति महिलाले टिडि खोप लिएको तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा सुत्केरी गराएको, २४ महिनासम्म वालवालिकहरुले नियमित वृद्धि गर्ने गरेको पाईको छ ।’ स्वास्थ्य अधिकृत अर्यालले भन्नुभयो –‘जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराएको, कम तौलका शिशुको जन्म नभएको पाईएको, पूर्ण खोपयुक्त वडा घोषणा गरेको लगायतका स्वास्थ्यका सूचक पुरा भएको छ ।

’ ‘पोषण बिशेष कार्यक्रमको गुणस्तर सुधार निर्देशिका २०७८ मा उल्लेख गरिए अनुसार स्वास्थ्यका सम्पूर्ण सुचकहरु पुरा भएको स्वास्थ्य अधिकृत अर्यालको भनाई रहेको छ । ‘आईरन चक्की सेवन गर्ने विद्यालयभित्रका रहेका १० देखि १९ वर्षका किशोरीको प्रतिशत सतप्रतिशत रहेको गुल्मीदरबार गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।

गाउँपालिकाका सातै वडामा भएका स्वास्थ्य संस्थाहरुमा स्थापना सम्बन्धी तालिम दिइ नमुना करेसाबारी संचालन गरेर सुनौलाहजार दिनका घरपरिवारमा करेसाबारी स्थापना तथा नियमित रुपमा फलफुल, सागसब्जी, गेडागुडीको उपभोग गर्ने सम्वन्धि परामर्श स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिदै आएको कृषि विकास शाखाका प्रमुख आविश्कार खत्रीको भनाई रहेको छ ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणाको लागि आवस्यक खानेपानी तथा सरसफाईको पनि महत्वपूर्ण भूमिका हुने गरेको स्वास्थ्य शाखा प्रमुख अर्यालको भनाई रहेको छ ।

उहाँले अहिले गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा स्वच्छ खानेपानीको लागि पानी शुद्धिकरणका, सफा शौचालय प्रयोग भएको पाइएको छ ।
महिला, किशोरी तथा बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउन र पोषण सेवाको सुनिश्चतता र दिगोपना कायमको लागि पालिकालाई पोषण मैत्री स्थनीयशासनको लक्ष्य अनुसार गाउँपालिकाका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष तारा थापाको भनाई रहेको थियो।

उहाँले आगामी दिनमा पोषण मैत्री स्थानीय शासन पद्धतिलाई गाउँपालिकाको नीति तथा कार्यक्रममा पनि प्राथमिकता दिइने बताउनुभयो ।अनुगमन तथा सुचकहरुको प्रमाणिाकरणको लागि सुआहाराका पोषण तथा खाद्य सुरक्षा विषेशज्ञ लिल बहादुर नेपाली र स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख बोम अर्यालले गुल्मीदरबार गाउँपालिकाले सम्पुर्ण सुचक पुरा गरेकाले गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको बताउनुभयो ।

गुल्मी जिल्ला समन्वय समितिका प्रमुख दोर्ण खत्रीले सामाजिक अभियान परिवर्तन गर्ने बहुआयामिक पोषणमैत्री कार्यक्रम भएकाले घोषणामा दिगो बनाउनु पर्नेमा जोड दिनुभयो । यस्तै समन्वय प्रमुख खत्रीले पोषणको क्षेत्रमा भएका उपलब्धिहरुलाई दिगो बनाई थप प्रगति हासिल गर्नको लागि सवैमा आग्रह गर्नुभयो ।खत्रीले ‘नेपालले दिगो विकास लक्षअनुरुप सन २०३० सम्ममा कुपोषणलाई अन्त्य गर्ने अन्तराष्ट्रिय प्रतिवद्धता व्यक्त गरिसको छ ।

समन्वय समितिका प्रमुख खत्रीले भन्नुभयो–‘बहुक्षेत्रीयपोषण योजनाको सफल कार्यन्वयनको कर्तव्य र जिम्मेवारी स्थानीय तहको रहेको छ ।’ स्वस्थ, सुखी र समृछ परिवार, हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकारलाई बनाएको नारा सफल हुने भएकोले नै पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले बताएको छ ।

शनिवार पालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको सभापतित्व गाउँपालिका अध्यक्ष सरोज कुमार थापाको रहेको थियो तेस्तै प्रदेश साम्सद धनेन्द्र कार्की प्रमुख अतिथि छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे र चन्द्रकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष बिष्णु प्रसाद भण्डारीको बिशिष्ट आतिथ्यता रहेको थियो भने गाउँपालिकाका जनप्रतिनिधीहरु छिमेकी पालिकाहरुका जनप्रतिनिधिहरु कर्मचारीहरु लगायतको आतिथ्यता रहेको थियो।

घोषणा समारोहलाई सन्देशमुसलक बनाउनको लागि कार्यक्रम स्थलको बाहिर सात वटै स्वास्थ्य संस्थाहरुको पोषण प्रर्दशनी स्टल राखिएको थियो भने कार्यक्रमको विचविचमा पोषण सम्बन्धि सन्देशमुलक गित नृत्यहरु प्रस्तुत गरिएको थियो ।

 

कार्यक्रममा ८३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्यकर्मीहरु विभिन्न क्षेत्रबाट सहयोग गर्ने महानुभावहरु लाई सम्मान गरिएको थियो ।

Loading

Facebook Comments Box
पुरानो बानेश्वरमा सात वर्षीया छोरीको घाँटी रेटेर बाबुले पनि आत्महत्या गरे
रुपन्देहीमा रवि लामिछानेको चुनावी यात्रा, एकै दिन पाँच निर्वाचन क्षेत्रका २६ स्थानमा कार्यक्रम
लक्की फिल्मी अवार्डमा कलाकार सहित उत्कृष्ट काम गरेकाहरु पनि सम्मानित हुने
बुटवल–०९ तिनकुनेमा योमरी खाना महोत्सव सम्पन्न
तथ्याङ्क कार्यालय रुपन्देही : सेवा प्रवाहमा सुधारको प्रयास, चुनौती भने उस्तै
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?