By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » अबको प्रधानमन्त्री गगन थापा हुन् : कांग्रेस उम्मेदवारहरूको दाबी

अबको प्रधानमन्त्री गगन थापा हुन् : कांग्रेस उम्मेदवारहरूको दाबी

News Desk
News Desk
२०८२ माघ १४, बुधबार १३:४०

बुटवल :- नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर–१ र २ का उम्मेदवारहरूले आगामी प्रधानमन्त्री गगनकुमार थापा हुने दाबी गर्दै कांग्रेसलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।

नेपाली कांग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिले तिलोत्तमामा आयोजना गरेको उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गुल्मीका दुवै क्षेत्रका कांग्रेस उम्मेदवारहरूले पार्टी रूपान्तरण भइसकेको र अब समग्र मुलुक परिवर्तन गर्ने क्षमता कांग्रेससँग रहेको बताएका हुन्।


नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर–१ का उम्मेदवार डा. चन्द्र भण्डारीले सिंगो कांग्रेस एकजुट भएको र देशभर चुनावी उत्साहको वातावरण सिर्जना भएको बताउनुभयो। उहाँले यस निर्वाचनमा कांग्रेसका ११० जना उम्मेदवार नयाँ अनुहार रहेको उल्लेख गर्दै पार्टी परिवर्तन भएकै कारण जनस्तरमा आशा र विश्वास बढेको दाबी गर्नुभयो।

प्रतिनिधिसभा निर्वाचनपछि संविधान संशोधन आवश्यक रहेको धारणा राख्दै भण्डारीले वर्तमान राजनीतिक आवश्यकताले पनि यही माग गरिरहेको बताउनुभयो। आफूले संसदमा रोपेको परिवर्तनको बीउबाट गगन थापाजस्ता नयाँ नेतृत्व जन्मिएको उल्लेख गर्दै उहाँले रूख चिन्हमा मतदान गरे कांग्रेसको सरकार बन्ने र सुशासनसहित देश मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर–२ का उम्मेदवार भुवनप्रसाद श्रेष्ठले विशेष महाधिवेशनपछि कांग्रेस बदलिएर नयाँ उत्साहका साथ चुनावी मैदानमा उत्रिएको बताउनुभयो। अबको प्रधानमन्त्री गगनकुमार थापा हुने विश्वास व्यक्त गर्दै उहाँले रूख चिन्हमा मतदान गरेर देश परिवर्तन गर्न आग्रह गर्नुभयो।

रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चुन्नप्रसाद पौडेलले सबैको सहयोग, एकता र ऊर्जाले बुटवलमा कांग्रेसको विरासत पुनः स्थापित हुने बताउनुभयो। यसपटक कांग्रेस नयाँ अनुहारसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको उल्लेख गर्दै उहाँले काम गर्ने अवसर दिन मतदातासँग आग्रह गर्नुभयो।

कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले कांग्रेसकै नेतृत्वमा देश परिवर्तनको दिशामा अघि बढिरहेको दाबी गर्दै गुल्मीका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसको जित सुनिश्चित रहेको बताउनुभयो। उहाँले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ चुनावी अभियानमा जुट्न निर्देशन दिनुभयो।

कार्यक्रम गुल्मी–रुपन्देही सम्पर्क समितिका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
८ वर्षदेखि फरार रहेका वन मुद्दाका १ जना प्रतिवादी पक्राउ
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान तथा सहयोग प्रदान
खुल्यो कित्ताकाट : जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय,
नागरिक उन्मुक्ति पार्टीदृरा पाँचदिन नेपालबन्दकाे धाेषणा
स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?