By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » धुर्कोट गाउँपालिकामा एमालेको दाबी : ‘कामकै आधारमा मत मागिरहेका छौं’

धुर्कोट गाउँपालिकामा एमालेको दाबी : ‘कामकै आधारमा मत मागिरहेका छौं’

News Desk
News Desk
२०८२ फाल्गुन १२, मंगलवार १६:५८

गुल्मी:- धुर्कोट गाउँपालिकामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यही सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का धुर्कोट गाउँपालिका अध्यक्ष लोक बहादुर खत्रीसँग विकास, संगठन र मतपरिणामको आधारबारे गरिएको विशेष कुराकानी प्रस्तुत छ।

धुर्कोटको वर्तमान अवस्था र एमालेको भूमिकाबारे सोध्दा अध्यक्ष खत्रीले विकासलाई मुख्य उपलब्धि रूपमा प्रस्तुत गरे।“धुर्कोटमा विकासको आधार एमालेले तयार गरेको हो। सडक विस्तार, खानेपानी आयोजना, विद्यालय पूर्वाधार सुधार, कृषि तथा सिँचाइ क्षेत्रमा उल्लेखनीय काम भएका छन्। जनताले प्रत्यक्ष रूपमा परिवर्तन महसुस गर्नुभएको छ,” उनले भने।उनका अनुसार विगत केही वर्षमा पूर्वाधार निर्माणसँगै ग्रामीण पहुँच सुधार, कृषक लक्षित कार्यक्रम र सामुदायिक विकास योजनाले गति लिएको छ।

पार्टी संगठनको अवस्थाबारे बोल्दै अध्यक्ष खत्रीले वडा तहदेखि टोल कमिटीसम्म संरचना सक्रिय रहेको दाबी गरे। जनवर्गीय संगठनहरू पनि परिचालन अवस्थामा रहेको उल्लेख गर्दै उनले घरदैलो अभियानमार्फत सुझाव संकलन र समस्या समाधानको प्रयास भइरहेको जानकारी दिए।“हामी जनता नजिक छौं। सुझाव सुन्दै सुधार गर्ने अभ्यासलाई प्राथमिकता दिएका छौं,” उनले थपे।

मतदातालाई एमालेतर्फ आकर्षित गर्ने आधारबारे उनले स्पष्ट धारणा राखे:-“हामीले भाषणभन्दा बढी काम गरेका छौं। धुर्कोटको दीर्घकालीन विकास योजना, युवालाई रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण र शिक्षामा गुणस्तरीय सुधार—यी हाम्रो प्राथमिकता हुन्। यही कामका आधारमा मत मागिरहेका छौं।”उनले स्थायित्व र योजनाबद्ध विकासका लागि निरन्तरता आवश्यक रहेको पनि उल्लेख गरे।

अन्य दलसँगको प्रतिस्पर्धाबारे अध्यक्ष खत्रीले लोकतान्त्रिक अभ्यासलाई स्वाभाविक बताए।“प्रतिस्पर्धा हुन्छ, हुनुपर्छ पनि। तर जनताले स्थिरता, इमान्दार नेतृत्व र काम गर्ने क्षमता हेरेर निर्णय गर्नुहुनेछ भन्ने विश्वास छ,” उनले भने।

अन्त्यमा अध्यक्ष लोक बहादुर खत्रीले धुर्कोटवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई विकास र समृद्धिको यात्रामा साथ दिन आग्रह गरे।
“हामीले थालेका योजना पूरा गर्न र धुर्कोटलाई नमूना गाउँपालिका बनाउन तपाईंहरूको मत नै हाम्रो बल हो,” उनले जोड दिए।
धुर्कोटको वर्तमान राजनीतिक माहोलमा विकासका एजेण्डा, दीर्घकालीन दृष्टिकोण र नेतृत्वको विश्वसनीयता नै मुख्य बहसका विषय बनेका छन्। अन्तिम निर्णय भने मतदाताकै हातमा रहनेछ।

Facebook Comments Box
Total Views: 0
कान्ति माध्यमिक विद्यालयको ७२औँ वार्षिक उत्सव सम्पन्न
‘परस्त्री’को हिन्दी संस्करणमा अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जवालाको गायन
मोरङमा १ अर्बको सलाइन उद्योग सञ्चालन, ‘औषधिमा आत्मनिर्भरता’तर्फ ठूलो फड्को
प्रतिनिधिसभा निर्वाचनको तयारी: कृष्णानगर नाका पूर्ण रूपमा बन्द
आयोग खारेजीले रुपन्देहीका हजारौँ सुकुम्बासी अन्योलमा, लालपूर्जा वितरण प्रक्रिया प्रभावित
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी1
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?