By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » जनताको समस्या सुन्दै घरदैलोमै केन्द्रित चुन्नप्रसाद

जनताको समस्या सुन्दै घरदैलोमै केन्द्रित चुन्नप्रसाद

News Desk
News Desk
२०८२ फाल्गुन १०, आईतवार २२:५३

बुटवल :- आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय भएका छन्। घरदैलोका क्रममा मतदाताले आफ्ना साना–साना समस्याहरू प्रत्यक्ष रूपमा उम्मेदवारसमक्ष राख्दै समाधानको प्रतिबद्धता मागेका छन्।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल तथा समानुपातिक उम्मेदवार रिता सेन ओली यतिबेला टोल–टोलमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन्।

अभियानको चौथो दिन बिहीबार सैनामैना नगरपालिका वडा नम्बर ४ र २ का विभिन्न टोलमा पुगेका उम्मेदवारसमक्ष स्थानीयले बाटोघाटो, बत्ती, सरसफाइ, रोजगारी सिर्जना र सुकुम्बासी समस्या समाधान जस्ता विषय उठाएका थिए।

घरदैलो अभियान पहिलो चरणमा मुर्गिया बजारबाट सुरु भई पुकारबाल्टी, अस्नैयाडाँडा, राधाकृष्ण टोल, प्रगति टोल, शान्तिटोल, सिसौडाँडा, रन्यौरा, झारबैरा हुँदै लुम्बिनी रोड र नापी क्षेत्रसम्म पुगेको थियो। वडा नम्बर २ अन्तर्गत झारबैरा, खकनपुर, कालिका टोल, सोरौली हुँदै रानीबगियासम्म पुग्दा मतदाताले शैक्षिक स्तर सुधार, सुकौली खोलाको तटबन्ध निर्माण, सडक पिच ढिलाइ र ढल निकास समस्या प्रमुख रूपमा उठाएका थिए।

स्थानीय बासिन्दाले नापी सम्पन्न भइसके पनि सुकुम्बासी समस्या समाधान नभएको, लालपुर्जा हातमा हुँदाहुँदै पनि जग्गासम्बन्धी झन्झट कायमै रहेको गुनासो सुनाए। यसअघि निर्वाचित सांसद तथा जनप्रतिनिधिले अपेक्षाअनुसार काम नगरेको उनीहरूको आरोप थियो।

घरदैलोका क्रममा उम्मेदवार पौडेलले आफू निर्वाचित भएपछि स्थानीयस्तरका यस्ता समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। “स्थायित्व र विकास नेपाली कांग्रेस नेतृत्वमै सम्भव छ,” उनले भने, “प्रत्येक टोलका समस्या पहिचान गरी योजनाबद्ध ढंगले काम गर्नेछौं।”

पौडेलले पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्पसमेत जनतामाझ व्यक्त गर्दै त्यससम्बन्धी योजना पार्टीको घोषणापत्रमा समेटिएको बताए। सुकुम्बासी, सडक, शिक्षा र तटबन्ध निर्माणलाई प्राथमिकतामा राखिने उनको भनाइ थियो।

समानुपातिक उम्मेदवार ओलीले महिला, बालबालिका र सीमान्तकृत समुदायका मुद्दालाई संसदसम्म पुर्‍याउने प्रतिबद्धता जनाइन्। “शिक्षा, पूर्वाधार र सुकुम्बासी समस्यामा हामी गम्भीर छौं, जनताको साथमै रहेर काम गर्नेछौं,” उनले भनिन्।

यसअघि बुटवल उपमहानगरपालिका वडा नम्बर ७ र १ मा पनि घरदैलो कार्यक्रम गरिएको थियो। आगामी शुक्रबार तिलोत्तमा नगरपालिका वडा नम्बर ५ र ६ मा घरदैलो गरिने जानकारी रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन परिचालन मूल समितिका संयोजक तथा क्षेत्रीय सभापति प्रजापाल गिरिले दिएका छन्।घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

Facebook Comments Box
Total Views: 0
एक क्विन्टल सुन तस्करी प्रकरण : थप एक जना पक्राउ
जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते
गुल्मीको मुसिकोट नगरपालिकामा तालाबन्दी
विशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड अन्तर्गत सर्वोत्कष्ट मौलिक तीज गीत गायकको अवार्ड कृष्ण रानभाटलाई
शिवरात्री विशेष गीत “शिव भन्दै भन्दै” चाँडै बजारमा- गायक सन्तोष खत्री
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?