By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » जेन–जी आन्दोलन प्रकरण : मानवअधिकार आयोगमा मेयर बालेनको दुई घण्टा बयान, छानबिन तीव्र

जेन–जी आन्दोलन प्रकरण : मानवअधिकार आयोगमा मेयर बालेनको दुई घण्टा बयान, छानबिन तीव्र

News Desk
News Desk
२०८२ पुष ७, सोमबार २१:३३

काठमाडौँ :-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय मानवअधिकार आयोगमा उपस्थित भई जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे बयान दिएका छन्। भदौ २३ र २४ गते भएको आन्दोलन, त्यसक्रममा भएको बल प्रयोग, आगजनी तथा सम्भावित मानवअधिकार उल्लङ्घनका विषयमा आयोगले छानबिन गरिरहेको छ।

आयोग स्रोतका अनुसार सोमबार मेयर शाहसँग करिब दुई घण्टा लामो बयान लिइएको हो। बयानका क्रममा आन्दोलनका दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका अभिव्यक्ति, सिंहदरबार आगजनीको प्रसंग, काठमाडौं महानगरपालिकाको सुरक्षा व्यवस्थापन, आगलागी नियन्त्रणमा दमकल ढिलो पुगेको विषयलगायत प्रश्नहरू सोधिएको बताइएको छ। यद्यपि, मेयर शाहको सचिवालयका एक सदस्यले बयानको विस्तृत विषयवस्तु आफूलाई थाहा नभएको बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएको दमन, बल प्रयोग र सम्भावित मानवअधिकार उल्लङ्घनका विषयमा छुट्टै छानबिन गरिरहेको छ। आयोगका अनुसार हालसम्म १४६ जनासँग बयान लिइसकिएको छ। सुरक्षाकर्मी, प्रशासनिक अधिकारी, प्रत्यक्षदर्शी तथा राजनीतिक नेतृत्वसँग बयान लिने क्रम अझै जारी छ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनको छानबिनका लागि गठित उच्चस्तरीय आयोगको म्याद एक महिना थप गरेको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। आयोगलाई घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउन थप समय दिइएको हो।

सरकारले गत ५ असोजमा आयोग गठन गर्दै तीन महिनाको समय दिएको थियो। तर निर्धारित अवधिमा काम नसकिएपछि म्याद थपिएको हो। आयोगका अनुसार अधिकांश सरोकारवालाको बयान लिइसकिए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान भने अझै लिन बाँकी छ।

पूर्वप्रधानमन्त्री ओलीले जेन–जी आन्दोलन जाँचबुझ आयोगलाई बयान नदिने अडान सार्वजनिक रूपमा दोहोर्‍याउँदै आएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा उनले आयोगप्रति असहमति जनाउँदै बयान नदिने बताएका थिए। अर्कोतर्फ, तत्कालीन गृहमन्त्री रमेश लेखकले भने पूर्वसूचना पाए आयोगमा उपस्थित भई आफ्नो भनाइ राख्न तयार रहेको संकेत दिएका छन्।

आयोगले संकलित बयान, प्रमाण र तथ्यका आधारमा उच्च तहका निर्णयकर्ताको भूमिकासमेत केलाएर निष्कर्षमा पुग्ने तयारी गरिरहेको जनाएको छ। जेन–जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई जवाफदेही बनाउने उद्देश्यका साथ छानबिन प्रक्रिया अगाडि बढिरहेको आयोगको भनाइ छ।

Facebook Comments Box
Total Views: 0
विशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड अन्तर्गत सर्वोत्कष्ट मौलिक तीज गीत गायकको अवार्ड कृष्ण रानभाटलाई
प्रतिष्ठाको लडाइँतर्फ झापा–५, रास्वपाको रणनीतिक चाल
राष्ट्रियसभा उपाध्यक्षकाे चुनाव चैत २३ गते हुने
मुसिकोट नगरपालिकामा युवा संघ र तरुण दलले लगाए ताला
बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?