By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुढानिलकण्ठ–३ चपलीमा ‘नेपाल सम्बत’ तथा नेवारी पर्व भव्यताका साथ सम्पन्न

बुढानिलकण्ठ–३ चपलीमा ‘नेपाल सम्बत’ तथा नेवारी पर्व भव्यताका साथ सम्पन्न

News Desk
News Desk
२०८२ कार्तिक ५, बुधबार १५:११

काठमाडौं, बुढानिलकण्ठ :-संस्कृति, परम्परा र समुदायबीचको एकतालाई सुदृढ बनाउने उद्देश्यका साथ बुढानिलकण्ठ नगरपालिका–३ चपलीमा यस वर्ष पनि ‘नेपाल सम्बत’ तथा नेवारी पर्व भव्यताका साथ सम्पन्न गरिएको छ।

नेवारी समुदायको ऐतिहासिक र सांस्कृतिक पहिचान झल्काउने यो पर्वले भाषा, कला, संस्कृति र सामाजिक एकतालाई बलियो बनाउने सन्देश दिएको छ।

कार्यक्रमको अध्यक्षता श्यामकाजी श्रेष्ठले गर्नुभयो भने, प्रमुख अतिथिका रूपमा नेपाल नेवा: दबु केन्द्रीय समितिका सदस्य नरेशकुमार ताम्राकार उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी, नगरप्रमुख मिठिराम मरासिनी, उप–प्रमुख अनिता लामा, र विभिन्न वडा अध्यक्षहरू अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमको समन्वय र सञ्चालन संयोजक कृष्ण श्रेष्ठले गर्नुभएको थियो।

समारोहको सुरुवात परम्परागत नेवारी संगीत, ढोल–नगारा र ख्य: अनि पुखु: नाचबाट गरिएको थियो।

स्थानीय युवायुवतीहरूले परम्परागत पोशाकमा प्रस्तुत गरेका नाचगानहरूले कार्यक्रममा उत्सवको रौनक थपेका थिए।

अध्यक्ष श्यामकाजी श्रेष्ठले आफ्नो शुभकामना मन्तव्यमा भने —“हाम्रो संस्कृति हाम्रो पहिचान हो। नेपाल सम्बत जस्ता पर्वहरूले मौलिकता र एकताको सन्देश दिन्छन्। यसलाई जोगाउने जिम्मा हाम्रो पुस्ताले लिनुपर्छ।”

त्यसैगरी संयोजक कृष्ण श्रेष्ठले भने — “नेवारी समुदाय केवल एक जात होइन, यो नेपालको सांस्कृतिक सम्पदाको आधार हो। हामी सबैले भाषा, कला र परम्पराको संरक्षणमा जोड दिनुपर्छ।”

 

मुख्य अतिथि नरेशकुमार ताम्राकारले नेपाल नेवा: दबु केन्द्रीय समितिको तर्फबाट समुदायलाई निरन्तर सहयोग र मार्गदर्शन गर्ने प्रतिबद्धता जनाउँदै भने — “देशभर नेवारी संस्कृति फैलाउन र नयाँ पुस्तामा त्यसप्रति गर्वको भावना जागृत गर्न आवश्यक छ।”

 

कार्यक्रममा नगरप्रमुख मिठिराम मरासिनीले भने —“बुढानिलकण्ठ क्षेत्रको सांस्कृतिक विविधता र सह–अस्तित्वको प्रतीकका रूपमा नेपाल सम्बत उत्सवको महत्व अतुलनीय छ।”

 

पौदल र्‍याली बुढानिलकण्ठ नगर क्षेत्र हुँदै चपलीमा समापन गरिएको थियो।
कार्यक्रममा ज्येष्ठ नागरिक र सहयोगी व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
कोटिहवामा ‘हङ्गर रिलिफ एन्ड इन्ट्रोडक्सन प्रोग्राम’ सम्पन्न
गुल्मीदरबार गाउँपालिकामा बजार खोज्दै अचार उद्यमी
तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना
औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै भीड, एकैदिन ६० हजार अवलोकनकर्ता
तिनाउ खोलामा डुबेर एक भारतियको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?