By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुढानिलकण्ठ–३ चपलीमा ‘नेपाल सम्बत’ तथा नेवारी पर्व भव्यताका साथ सम्पन्न

बुढानिलकण्ठ–३ चपलीमा ‘नेपाल सम्बत’ तथा नेवारी पर्व भव्यताका साथ सम्पन्न

News Desk
News Desk
२०८२ कार्तिक ५, बुधबार १५:११

काठमाडौं, बुढानिलकण्ठ :-संस्कृति, परम्परा र समुदायबीचको एकतालाई सुदृढ बनाउने उद्देश्यका साथ बुढानिलकण्ठ नगरपालिका–३ चपलीमा यस वर्ष पनि ‘नेपाल सम्बत’ तथा नेवारी पर्व भव्यताका साथ सम्पन्न गरिएको छ।

नेवारी समुदायको ऐतिहासिक र सांस्कृतिक पहिचान झल्काउने यो पर्वले भाषा, कला, संस्कृति र सामाजिक एकतालाई बलियो बनाउने सन्देश दिएको छ।

कार्यक्रमको अध्यक्षता श्यामकाजी श्रेष्ठले गर्नुभयो भने, प्रमुख अतिथिका रूपमा नेपाल नेवा: दबु केन्द्रीय समितिका सदस्य नरेशकुमार ताम्राकार उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी, नगरप्रमुख मिठिराम मरासिनी, उप–प्रमुख अनिता लामा, र विभिन्न वडा अध्यक्षहरू अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमको समन्वय र सञ्चालन संयोजक कृष्ण श्रेष्ठले गर्नुभएको थियो।

समारोहको सुरुवात परम्परागत नेवारी संगीत, ढोल–नगारा र ख्य: अनि पुखु: नाचबाट गरिएको थियो।

स्थानीय युवायुवतीहरूले परम्परागत पोशाकमा प्रस्तुत गरेका नाचगानहरूले कार्यक्रममा उत्सवको रौनक थपेका थिए।

अध्यक्ष श्यामकाजी श्रेष्ठले आफ्नो शुभकामना मन्तव्यमा भने —“हाम्रो संस्कृति हाम्रो पहिचान हो। नेपाल सम्बत जस्ता पर्वहरूले मौलिकता र एकताको सन्देश दिन्छन्। यसलाई जोगाउने जिम्मा हाम्रो पुस्ताले लिनुपर्छ।”

त्यसैगरी संयोजक कृष्ण श्रेष्ठले भने — “नेवारी समुदाय केवल एक जात होइन, यो नेपालको सांस्कृतिक सम्पदाको आधार हो। हामी सबैले भाषा, कला र परम्पराको संरक्षणमा जोड दिनुपर्छ।”

 

मुख्य अतिथि नरेशकुमार ताम्राकारले नेपाल नेवा: दबु केन्द्रीय समितिको तर्फबाट समुदायलाई निरन्तर सहयोग र मार्गदर्शन गर्ने प्रतिबद्धता जनाउँदै भने — “देशभर नेवारी संस्कृति फैलाउन र नयाँ पुस्तामा त्यसप्रति गर्वको भावना जागृत गर्न आवश्यक छ।”

 

कार्यक्रममा नगरप्रमुख मिठिराम मरासिनीले भने —“बुढानिलकण्ठ क्षेत्रको सांस्कृतिक विविधता र सह–अस्तित्वको प्रतीकका रूपमा नेपाल सम्बत उत्सवको महत्व अतुलनीय छ।”

 

पौदल र्‍याली बुढानिलकण्ठ नगर क्षेत्र हुँदै चपलीमा समापन गरिएको थियो।
कार्यक्रममा ज्येष्ठ नागरिक र सहयोगी व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

Facebook Comments Box
पाल्पामा २१ वर्षे युवकद्वारा आत्महत्या
ललितपुरको टिकाथलीमा व्यवस्थित रूपमा ‘ भाजु तरकारी तथा फलफूल बजार ’ सञ्चालनमा
नागरिक उन्मुक्ति पार्टीदृरा पाँचदिन नेपालबन्दकाे धाेषणा
युवा उद्धमी विकाश टण्डनकाे आकाेष: “उफ्रिने भीडले देशलाई अड्काइरहेको छ, नेपाल बन्द कहिल्यै हितमा हुँदैन”
स्याङ्जामा चक्कु प्रहार गर्ने एकजना पक्राउ ।
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता

बुटवलमा टीभीएस स्मार्ट साटासाट मेला सुरु

बुटवलमा पुस ३ देखि १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी

कान्ति माध्यमिक विद्यालयको ७२औँ वार्षिक उत्सव सम्पन्न

रुपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारणसभा सम्पन्न

जेन्–जि (Gen Z) को आवाज — आन्दोलनपछि पनि उस्तै सेवा, किन नेपाल सरकार ?

२०८२ पुष २, बुधबार ००:१५

ढिलासुस्ती, जनशक्ति अभाव र सेवाग्राहीको गुनासो : बुटवल मालपोतको यथार्थ

तिलोत्तमामा ऐतिहासिक मेला: जनचासो बढेपछि ४ दिन अवधि थप

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?