By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » ‘प्रधानमन्त्री छान्ने विषयमा गम्भीर बनौं’ – काँग्रेस नेताहरूको मतदातालाई आग्रह

‘प्रधानमन्त्री छान्ने विषयमा गम्भीर बनौं’ – काँग्रेस नेताहरूको मतदातालाई आग्रह

News Desk
News Desk
२०८२ फाल्गुन २, शनिबार १९:०९

बुटवल :- नेपाली काँग्रेसका नेताहरूले देशको आगामी प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयलाई गम्भीर रूपमा विचार गरेर मात्रै मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।

नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिको आयोजनामा शनिबार बुटवलमा सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेताहरूले वर्तमान राजनीतिक परिवेशमा प्रमुख दलहरूले आ–आफ्ना नेताहरूलाई सम्भावित प्रधानमन्त्रीका रूपमा अघि सारेको सन्दर्भ उल्लेख गर्दै देशको भविष्यका लागि सक्षम नेतृत्व रोज्नुपर्ने धारणा राखेका हुन्।

कार्यक्रममा काँग्रेसले पार्टी सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गरेको चर्चा गरिएको थियो।


अस्थिरताबाट निकासका लागि सक्षम नेतृत्व आवश्यक
कार्यक्रममा बोल्दै काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्रगोपाल सिंह, रामबहादुर कार्की तथा पाल्पाका पूर्व सभापति वीरबहादुर रानाले देश अस्थिर राजनीतिक अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै मुलुकलाई सही दिशा दिन सक्ने नेतृत्व आवश्यक रहेको बताए।

उनीहरूले काँग्रेस नेतृत्वमा सरकार बने मात्रै स्थायित्व, समन्वय र दीर्घकालीन योजना कार्यान्वयन सम्भव हुने दाबी गरे। “मतदाताले विवेकपूर्ण निर्णय गरे यस क्षेत्रमा काँग्रेसले बहुमत ल्याउन सक्छ,” नेताहरूले भने।

रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद पौडेलले पाल्पा र रुपन्देहीबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै पहाडी जिल्लामा नुनतेल बोक्ने परम्पराको स्मरण गरे। पाल्पाको विकासले रुपन्देहीलाई पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

उनले वर्तमान निर्वाचन विशेष परिस्थितिमा भइरहेको उल्लेख गर्दै सबै दललाई समन्वय गर्न सक्ने, स्पष्ट भिजन र मिसन भएको नेतृत्व आवश्यक रहेको बताए। “देशको बागडोर सम्हाल्न सक्ने नेतृत्व काँग्रेससँग छ, त्यसैले चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गर्दछु,” उनले भने।

पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप राना र क्षेत्र नं. २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले बुटवलमा बसोबास गर्दै आएका पाल्पाली मतदातालाई मतदानका लागि गृहजिल्ला पुग्न आग्रह गरे।उम्मेदवार श्रेष्ठले पाल्पालाई ‘स्टे हब’का रूपमा विकास गर्ने योजना प्रस्तुत गर्दै पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइने बताए।

रुपन्देही आसपासका जिल्ला तथा भारतबाट आउने पर्यटकलाई आकर्षित गर्ने गरी पूर्वाधार विकास गरिने उनको भनाइ थियो। बसाइँसराइका कारण रित्तिँदै गएका गाउँलाई पुनः चलायमान बनाउन विशेष योजना ल्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरे।उम्मेदवार रानाले वर्तमान विषम परिस्थितिमा काँग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै पाल्पाको समग्र विकास, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिने बताए।

कार्यक्रम नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिका अध्यक्ष सुरेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समानुपातिक उम्मेदवार रिता सेन, पाल्पाका उपसभापति झपेन्द्र गैरे, बुटवल नगरसमितिका सभापति तथा नगरप्रमुख खेलराज पाण्डेय, किशोर पंगेनीलगायतले मन्तव्य राखेका थिए।नेताहरूले लोकतन्त्र सुदृढ बनाउन सचेत र जिम्मेवार मतदाताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सोचविचारपूर्वक मतदान गर्न पुनः आग्रह गरेका छन्।

Loading

Facebook Comments Box
रुपन्देही–१ मा राप्रपाको माहोल बलियो, देवदहबाट ६५ जना प्रवेश
इजरायलमा घाइते भएकाहरुको सरकारी खर्चमा उपचार गर : कांग्रेस
देवदहमा मतदाताले खत्रीलाई विजयी गराउने प्रतिबद्धता
भजनीका कृर्षिकलाई हिउँदे धान भित्र्याउन चटारो
प्रधानाध्यापकको छोराको बिहेमा जान बिद्यालय बिदा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?