By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

News Desk
News Desk
२०८३ श्रावण २, शनिबार १३:४९

बुटवल:-लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले क्लबका संस्थापक अध्यक्ष लियो लायन भेषराज पोख्रेल (राज) को जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आयोजित कार्यक्रममा करिब ८० जना युवाले रक्तदान गरेका छन्।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष लियो लक्ष्मण खनालले आफ्नो कार्यकालको पहिलो कार्यक्रम रक्तदानजस्तो मानवीय सेवाबाट सुरु गर्न पाउँदा गर्व र खुसी लागेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि समाजसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका प्रशासन प्रमुख प्रेम गौतम प्रमुख अतिथि तथा नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहान विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
प्रमुख अतिथि गौतमले युवाहरू अस्पतालमै आएर रक्तदान गरेको कार्यको प्रशंसा गर्दै अस्पतालमा रगतको अभाव हुन नदिने तथा सर्वसाधारण बिरामीले सहज रूपमा रगत प्राप्त गर्ने वातावरण बनाउन अस्पताल प्रतिबद्ध रहेको बताउनुभयो।

विशेष अतिथि चौहानले सरकारले तोकेको मापदण्डअनुसार रक्तसञ्चार सेवा सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउँदै आगामी दिनमा सेवाग्राहीले अत्यन्तै न्यून शुल्कमा रगत प्राप्त गर्ने व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
क्लबका संस्थापक अध्यक्ष भेषराज पोख्रेल (राज)ले आफ्नै जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक गोकुल भण्डारीका अनुसार बिरामीका आफन्तले ब्लड बैंक धाउनुपर्ने बाध्यता कम गर्दै सरकारी अस्पतालमै सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू लियो लायन श्रीधर बस्याल, सुनिल कुँवर, जीवन थापा क्षेत्री, अशोक श्रेष्ठ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा क्लबका उपाध्यक्ष कविराज भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। द्वितीय उपाध्यक्ष लियो खिम थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सचिव कुशल पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना
सरकार गठनको तयारीमा बालेन, मन्त्रालय संख्या घटाउने योजना
बुटवलमा गर्भपतन क्रममा महिलाको मृत्यु, खत्री नर्सिङ होम क्षेत्रमा तनाव
सम्पर्क समाज दृरा तनाव व्यवस्थापन तथा खुशीयाली जिवनको रहस्यहरु उत्पेरणा कार्यक्रम सम्पन्न
ऐतिहासिक मेला बुढानिलकण्ठ मन्दिरमा भव्य तयारी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?