By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवल उपमहानगरको ६७औँ स्थापना दिवसमा बृहत् सरसफाइ अभियान

बुटवल उपमहानगरको ६७औँ स्थापना दिवसमा बृहत् सरसफाइ अभियान

News Desk
News Desk
२०८२ माघ २६, सोमबार २२:१३

बुटवल :-बुटवल उपमहानगरपालिकाले आफ्नो ६७औँ स्थापना दिवसको अवसर पारेर बृहत् सरसफाइ अभियान सुरु गरेको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्याल स्वयं झाडु बोकेर सरसफाइमा सहभागी भएका छन्।

अभियानको दोस्रो दिन सोमबार योगीकुटीदेखि कालिका मानवज्ञान माध्यमिक विद्यालय क्षेत्रसम्म सडक सरसफाइ गरिएको हो। बिहानैदेखि सुरु भएको कार्यक्रममा विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि, उपमहानगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो।

सरसफाइ अभियानलाई औपचारिकतामा मात्र सीमित नगरी निरन्तरता दिनुपर्नेमा जोड दिँदै नगर प्रमुख पाण्डेयले सफा र स्वच्छ शहर निर्माण सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। “सफा बुटवल बनाउन उपमहानगरपालिका मात्र होइन, प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक छ,” उहाँले भन्नुभयो।

उपप्रमुख अर्यालले बुटवललाई स्वच्छ, हरियाली र व्यवस्थित शहरका रूपमा विकास गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको उल्लेख गर्नुभयो। नियमित सरसफाइ अभियानमार्फत स्वस्थ र आकर्षक शहर निर्माणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।

सरसफाइ कार्यक्रममा कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीहरू सहभागी भएका थिए।

यसअघि आइतबार नयाँ बसपार्क क्षेत्रबाट सुरु गरिएको अभियानमा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
उपमहानगरपालिकाले माघ २५ गतेदेखि फागुन २ गतेसम्म बुटवलका विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गर्ने जनाएको छ।

Facebook Comments Box
Total Views: 0
गुल्मी जौसिथोक सम्पर्क समाजद्वारा क्यालेन्डर विमोचन, कार्यक्रम भव्य रूपमा सम्पन्न
स्वदेशमै आत्मनिर्भरता : स्वर्गद्वारी फार्मको प्रेरणादायी यात्रा
गुल्मीको मुसिकोट नगरपालिकामा तालाबन्दी
मध्यपूर्वको विशेष परिस्थितिः कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह
सहकारी ठगी प्रकरण : गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी धरौटीमा रिहा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?