By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ पी नेपालद्वारा रानीमहलमा लियो युथ क्याम्प २०२५–२६ सुरु

लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ पी नेपालद्वारा रानीमहलमा लियो युथ क्याम्प २०२५–२६ सुरु

News Desk
News Desk
२०८२ माघ ९, शुक्रबार १५:००

बुटवल :- लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ पी नेपालले आफ्नो वार्षिक कार्यतालिकाअनुसार लियो युथ क्याम्प २०२५–२६ तथा दोस्रो काउन्सिल बैठकको पहिलो सत्र बुटवलबाट औपचारिक रूपमा सुरु गरेको छ।

काउन्सिलअन्तर्गत आबद्ध सम्पूर्ण लियो क्लब, पदाधिकारी तथा सदस्यहरूको सहभागितामा उक्त कार्यक्रम २०२६ जनवरी २३ र २४ गते पाल्पाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र जितगढी–रानीमहलमा सञ्चालन हुने काउन्सिलले जनाएको छ।

युवाहरूको नेतृत्व विकास, संगठनात्मक क्षमता अभिवृद्धि, आपसी समन्वय सुदृढीकरण तथा सेवामूलक भावनाको विकास गर्ने उद्देश्यले युथ क्याम्प आयोजना गरिएको लियो युथ क्याम्प डाइरेक्टर आत्मराम भण्डारी (गोकुलज्यू) ले जानकारी दिनुभयो।

यस क्याम्पले सहभागी लियो सदस्यहरूलाई सिकाइ, अनुभव आदान–प्रदान र नेटवर्क विस्तारको उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ। ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रानीमहल क्षेत्रमा आयोजना हुने भएकाले कार्यक्रम थप प्रभावकारी, प्रेरणादायी र स्मरणीय हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको होस्ट क्लब लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली रहेको छ। दर्तासम्बन्धी विस्तृत जानकारी, भुक्तानी प्रक्रिया तथा क्यूआर कोड कार्यक्रमको आधिकारिक पोस्टरमार्फत उपलब्ध गराइएको काउन्सिलले जनाएको छ।

लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ पी नेपालले यस कार्यक्रममार्फत लियो क्लबहरूबीचको सहकार्य थप मजबुत बनाउँदै क्लबहरूलाई अझ सशक्त, अनुशासित र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। काउन्सिलले सबै लियो क्लबहरूलाई अधिकतम सहभागिता जनाई कार्यक्रम सफल बनाउन आह्वानसमेत गरेको छ।

यसै क्रममा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ पी नेपालका आईपीपी लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, लियो डिस्ट्रिक्ट ३२५ पी नेपालका चेयरपर्सन लायन अरुण पन्थी, लियो जिल्ला परिषद् ३२५ पी नेपालका अध्यक्ष लियो लायन श्रीधर बस्याल, फर्स्ट लेडी ईशा अर्याल , उपाध्यक्ष लियो लायन सुस्मा बस्याल, मेम्बरशिप चेयरपर्सन लियो लायन हिमाल खनाल, लियो क्लब अफ बुटवल सेन्ट्रलका सचिव तथा देउराली दर्शन मिडियाका सञ्चालक सुदीप ज्ञवाली लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि पाण्डेले लियो युथ क्याम्पले युवामाझ छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै, जितगढी किल्लाबाट रानीमहल तथा जितगढीबाट लुम्बिनीसम्म साइकलिङ कार्यक्रम सञ्चालन गर्न सकिए युवाहरू पर्यटन प्रवर्द्धनमा मुख्य भूमिकामा देखिने धारणा व्यक्त गर्नुभयो।कार्यक्रमको सञ्चालन लियो लायन श्रीधर कुँवरले गर्नुभएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
नेपथ्य कन्सर्टको भीडसँग तुलना गर्दै युवा व्यवसायी गौरव क्षेत्रीको टिप्पणी
संसदीय समितिमा छलफल : विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति नराखौं
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण,सुतक दिउँसो ४:१९ बजेदेखि सुरू हुने
तिलोत्तमा–५ मा विष्णु पौडेलको घरदैलो तीव्र, विकासका एजेन्डा दोहोर्‍याए
राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ नवलपुरमा हुँदै, युवालाई एकीकृत डिजिटल मञ्च
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?