By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » संसदीय समितिमा छलफल : विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति नराखौं

संसदीय समितिमा छलफल : विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति नराखौं

News Desk
News Desk
२०८० मंसिर १९, मंगलवार १९:५९

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथिको छलफल थियो । उक्त छलफलका क्रममा सांसदहरुले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था उचित नभएको बताएका हुन् ।

हाल नेपालको त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयसहित धेरै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले प्रधानमन्त्रीले नचाहेरै विश्वविद्यालयको कुलपतिको जिम्मेवारी लिनुपरिरहेको बताइन् ।

प्रधानमन्त्री स्वयंले आफूले समय दिन नसकेको र कुलपतिको जिम्मेवारी अर्को व्यक्तिले लिने व्यवस्था गर्नुपर्ने बताउने गरेको भन्दै उनले भनिन्, ‘स्वयं प्रधानमन्त्रीले प्रधानमन्त्री कुलपति हुने विषयको विरोध गर्नुभएको छ ।’

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले कुन कुन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने हो र कुन कुनमा नरहे पनि हुने हो त्यसबारे शिक्षा मन्त्रालयले अवधारणा बनाउनुपर्ने बताए ।

उनी भन्छन्, ‘जति पनि विश्वविद्यालय खुल्छन् सबैमा प्रधानमन्त्री भन्ने कुरा गलत छ । विशेष खालका केही विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहन सक्ने भएता पनि सबैमा नहुने गरी जान सक्यौं भने प्रधानमन्त्रीको लोड कम हुन्छ ।’

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले पनि जतासुकै प्रधानमन्त्रीको नेतृत्व र उपस्थिति खोज्ने प्रवृत्ति परिवर्तन आवश्यक रहेको बताइन् । उनले पनि प्रधानमन्त्रीको लोड कम गर्नुपर्ने र त्यसका लागि कुलपति प्रधानमन्त्री नै राख्ने अभ्यासमा परिवर्तन गर्न आवश्यक रहेको धारणा राखिन् ।

‘प्रधानमन्त्रीको लोड कम गरौं । कता मात्रै भ्याउने प्रधानमन्त्रीले ?’ सांसद देवकोटाको प्रश्न छ ।

माओवादी केन्द्रका सांसद राधेश्याम पासवानले शिक्षा मन्त्रालयले निश्चित समयभित्रै कति वटा विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति रहनुपर्ने हो त्यसबारे अध्ययन गरेर समितिलाई जानकारी गराउनुपर्ने माग गरे ।

समिति सभापति जयन्तीदेवी राईले पनि कुन कुन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहनुपर्ने हो त्यसबारे शिक्षा मन्त्रालयले गृहकार्य गर्नुपर्ने बताइन् । यो विषयलाई गम्भीर रुपमा लिन शिक्षा मन्त्रालयलाई आग्रह गरेकी उनले समितिको निर्णयमा भने यो विषय उल्लेख गरिनन् ।

हाल १० वटा विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री छन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, नेपाल खुला विश्व विद्यालय लगायतका केही विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री नरहने अभ्यास समेत सुरु भइसकेको छ । हाल प्रधानमन्त्री कुलपति भएकाहरुमा समेत घटाउनुपर्नेमा सांसदहरुको जोड रहेको छ ।

प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नै रहने व्यवस्था छ । यो विशेष किसिमको विश्वविद्यालय भएकाले प्रधानमन्त्री नै कुलपति रहने व्यवस्था खोजिएको शिक्षा मन्त्रालयको तर्क छ ।

शिक्षा मन्त्रालयले विधायन व्यवस्थापन समितिलाई दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार संरचनाको निर्माण पूरा हुनेछ । ५१.१ हेक्टर क्षेत्रफल जग्गामा ५३ वटा भौतिक संरचना निर्माण हुनुपर्नेमा हालसम्म ४२ वटा सम्पन्न भएको र बाँकी ११ निर्माणाधीन अवस्थामा रहेको छ ।

कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा निर्माणाधीन विश्वविद्यालयको भौतिक पूर्वाधारमा पाँच अर्ब ९९ करोड ५२ लाख खर्च भइसकेको छ । अब करिब ९० करोडमा बाँकी संरचना तयार हुनेछन् ।

Facebook Comments Box
स्वर्गीय बसन्त सामतकाे परिवारलाई नेपाली टिकटक हर्ट ग्रुपदृरा सहयाेग हस्तान्तरण
भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ
गोबिन्द भुषालको अध्यक्षतामा राष्ट्रिय लोक सञ्चारकर्मी लुम्बिनी प्रदेश समिति चयन
बुलिङटारका १०० विद्यार्थीलाई लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा शैक्षिक सामग्री वितरण
गुल्मी चारपालामा खुल्ला तीजगीत प्रतियोगिता हुने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता

बुटवलमा टीभीएस स्मार्ट साटासाट मेला सुरु

बुटवलमा पुस ३ देखि १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी

कान्ति माध्यमिक विद्यालयको ७२औँ वार्षिक उत्सव सम्पन्न

रुपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारणसभा सम्पन्न

जेन्–जि (Gen Z) को आवाज — आन्दोलनपछि पनि उस्तै सेवा, किन नेपाल सरकार ?

२०८२ पुष २, बुधबार ००:१५

ढिलासुस्ती, जनशक्ति अभाव र सेवाग्राहीको गुनासो : बुटवल मालपोतको यथार्थ

तिलोत्तमामा ऐतिहासिक मेला: जनचासो बढेपछि ४ दिन अवधि थप

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?