By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » संसदीय समितिमा छलफल : विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति नराखौं

संसदीय समितिमा छलफल : विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति नराखौं

News Desk
News Desk
२०८० मंसिर १९, मंगलवार १९:५९

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथिको छलफल थियो । उक्त छलफलका क्रममा सांसदहरुले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था उचित नभएको बताएका हुन् ।

हाल नेपालको त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयसहित धेरै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले प्रधानमन्त्रीले नचाहेरै विश्वविद्यालयको कुलपतिको जिम्मेवारी लिनुपरिरहेको बताइन् ।

प्रधानमन्त्री स्वयंले आफूले समय दिन नसकेको र कुलपतिको जिम्मेवारी अर्को व्यक्तिले लिने व्यवस्था गर्नुपर्ने बताउने गरेको भन्दै उनले भनिन्, ‘स्वयं प्रधानमन्त्रीले प्रधानमन्त्री कुलपति हुने विषयको विरोध गर्नुभएको छ ।’

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले कुन कुन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने हो र कुन कुनमा नरहे पनि हुने हो त्यसबारे शिक्षा मन्त्रालयले अवधारणा बनाउनुपर्ने बताए ।

उनी भन्छन्, ‘जति पनि विश्वविद्यालय खुल्छन् सबैमा प्रधानमन्त्री भन्ने कुरा गलत छ । विशेष खालका केही विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहन सक्ने भएता पनि सबैमा नहुने गरी जान सक्यौं भने प्रधानमन्त्रीको लोड कम हुन्छ ।’

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले पनि जतासुकै प्रधानमन्त्रीको नेतृत्व र उपस्थिति खोज्ने प्रवृत्ति परिवर्तन आवश्यक रहेको बताइन् । उनले पनि प्रधानमन्त्रीको लोड कम गर्नुपर्ने र त्यसका लागि कुलपति प्रधानमन्त्री नै राख्ने अभ्यासमा परिवर्तन गर्न आवश्यक रहेको धारणा राखिन् ।

‘प्रधानमन्त्रीको लोड कम गरौं । कता मात्रै भ्याउने प्रधानमन्त्रीले ?’ सांसद देवकोटाको प्रश्न छ ।

माओवादी केन्द्रका सांसद राधेश्याम पासवानले शिक्षा मन्त्रालयले निश्चित समयभित्रै कति वटा विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति रहनुपर्ने हो त्यसबारे अध्ययन गरेर समितिलाई जानकारी गराउनुपर्ने माग गरे ।

समिति सभापति जयन्तीदेवी राईले पनि कुन कुन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहनुपर्ने हो त्यसबारे शिक्षा मन्त्रालयले गृहकार्य गर्नुपर्ने बताइन् । यो विषयलाई गम्भीर रुपमा लिन शिक्षा मन्त्रालयलाई आग्रह गरेकी उनले समितिको निर्णयमा भने यो विषय उल्लेख गरिनन् ।

हाल १० वटा विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री छन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, नेपाल खुला विश्व विद्यालय लगायतका केही विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री नरहने अभ्यास समेत सुरु भइसकेको छ । हाल प्रधानमन्त्री कुलपति भएकाहरुमा समेत घटाउनुपर्नेमा सांसदहरुको जोड रहेको छ ।

प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नै रहने व्यवस्था छ । यो विशेष किसिमको विश्वविद्यालय भएकाले प्रधानमन्त्री नै कुलपति रहने व्यवस्था खोजिएको शिक्षा मन्त्रालयको तर्क छ ।

शिक्षा मन्त्रालयले विधायन व्यवस्थापन समितिलाई दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार संरचनाको निर्माण पूरा हुनेछ । ५१.१ हेक्टर क्षेत्रफल जग्गामा ५३ वटा भौतिक संरचना निर्माण हुनुपर्नेमा हालसम्म ४२ वटा सम्पन्न भएको र बाँकी ११ निर्माणाधीन अवस्थामा रहेको छ ।

कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा निर्माणाधीन विश्वविद्यालयको भौतिक पूर्वाधारमा पाँच अर्ब ९९ करोड ५२ लाख खर्च भइसकेको छ । अब करिब ९० करोडमा बाँकी संरचना तयार हुनेछन् ।

Loading

Facebook Comments Box
तथ्याङ्क कार्यालय रुपन्देही : सेवा प्रवाहमा सुधारको प्रयास, चुनौती भने उस्तै
मोक्षधामबाट सुरु भयो चुन्नप्रसादको घरदैलो
लुम्बिनी केबुलकार भारतीय पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्य : आचार्य बालकृष्ण
गुल्मी–१ बाट कांग्रेसका युवा नेता अमृत ज्ञवालीको उम्मेदवारी आकांक्षा सार्वजनिक
धरौटीमा रिहापछि रवि लामिछानेको आक्रामक सन्देश : ‘राजनीतिक प्रतिशोधविरुद्ध जनतामै जानेछु’
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?