By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » शिवनगर सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ : नगर प्रमुख पाण्डे

शिवनगर सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ : नगर प्रमुख पाण्डे

News Desk
News Desk
२०८२ पुष २७, आईतवार २०:४२

बुटवल:- शिवनगर सामुदायिक वन उपभोक्ता समूहको ३०औँ वार्षिक साधारण सभा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले शिवनगर सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय वनका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो,
“यस क्षेत्रमा रहेको गौशालाको दीगो व्यवस्थापनका लागि वनलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्नुपर्छ। नगरपालिकाले वन संरक्षण र विकासका लागि आवश्यक जुनसुकै सहयोग गर्न तयार छ।”

साथै, उहाँले शिवनगर क्षेत्रमा देखिएको खानेपानी समस्याको समाधान छिट्टै गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व नगर प्रमुख शिवप्रसाद सुवेदीले वनको संरक्षण र व्यवस्थापनमा सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो,“विगतमा सरकारी नीतिका कारण समस्यामा परेको वन क्षेत्र सामुदायिक वनमा आएपछि अब यसको संरक्षण गर्ने जिम्मेवारी प्रत्येक नागरिकको हो।”

उद्घाटन सत्रमा सञ्चालक समितिका अध्यक्ष मनोज गौचनले गत एक वर्षमा सञ्चालक समितिले गरेका गतिविधि, वन संरक्षण कार्यक्रम, विकास परियोजना तथा आगामी वर्षका योजनाहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले वन संरक्षण, वातावरणीय सन्तुलन, पर्यटन विकास र समुदायको सक्रिय सहभागिताको महत्व औँल्याउनुभयो।

साधारण सभामा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा टोल विकास संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। शुभकामना व्यक्त गर्ने प्रमुख व्यक्तिहरूमा एमाले बुटवल नगर अध्यक्ष शोभाखर पोखरेल, नेपाली कांग्रेस नगर उपसभापति ज्योति भण्डारी, नेपाली कम्युनिस्ट पार्टी नगर संयोजक महेन्द्र भुसाल लगायत रहनुभएको थियो।

कार्यक्रमको सञ्चालन सचिव श्यामकुमारी आचार्यले गर्नुभएको थियो भने सह–सचिव शिवबहादुर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी कोषाध्यक्ष रविन केसीले समूहको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

हाल शिवनगर सामुदायिक वनमा करिब चार हजार उपभोक्ताहरू आवद्ध रहेका छन्। साधारण सभाको बन्द सत्रमा अध्यक्ष, कोषाध्यक्ष तथा लेखा समितिद्वारा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो। साथै साधारण सभाले आगामी वर्ष वन संरक्षण, पर्यटकीय पूर्वाधार विकास, गौशाला व्यवस्थापन तथा समुदाय केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रास्वपाबाट रुपन्देही–२ मा आशिष सुवेदीलाई टिकट, विष्णु पौडेलसँग सीधा प्रतिस्पर्धा
२७ वर्षका सुजनले छेडाए पहिलो पटक जिब्रो
मुसिकोट नगरपालिकामा युवा संघ र तरुण दलले लगाए ताला
गुल्मीदरबार गाउँपालिकामा बजार खोज्दै अचार उद्यमी
स्याङ्जामा चक्कु प्रहार गर्ने एकजना पक्राउ ।
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?