By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीदरबार गाउँपालिकामा बजार खोज्दै अचार उद्यमी

गुल्मीदरबार गाउँपालिकामा बजार खोज्दै अचार उद्यमी

News Desk
News Desk
२०७९ चैत्र २५, शनिबार १९:४३

गुल्मीदरबार गाउँपालिका– १ जुभुङकी ४० वर्षीया सरस्वती गौतम मंगलबार अचार बोकेर गाउँपालिका आइन्।

सभाहलमा उपस्थित गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले गौतमको अचार किनेर लगे। उनी गाउँपालिकाको अचार बनाउने उद्यमी हुन्। पालिकाकै तालिमबाट उनी उद्यमी बनिन्।

उनले अचारभन्दा पहिले मुढा बुन्ने र अगरबत्ती बनाउने तालिम पनि सिकेकी थिइन्। सीपलाई उपयोग भने गरिनन्। तर, अचार बनाउने तालिमले गौतम उत्साहित बनिन्। एक हप्ताको तालिमले मेथी, लसुन, मिक्स, आँप, तामा, कागती र अमलालगायतका अचार बनाउन सिकेपछि आफैँ व्यावसायिक बन्ने सोँच आयो।

गाउँमा अचार बनाएपछि अवलोकनका लागि पुगेको गाउँपालिकाले टोलीले गौतमको जोसमा उत्साह थप्यो। जसका कारण सरस्वती र निशा पौडेल गौतम मिलेर गाउँपालिकामा दिदी–बहिनी अर्गानिक अचार उद्योग दर्ता गरे। सरस्वती र निशा देउरानी र जेठानी हुन्। उनीहरूले अचारको लेबलिङ गरेका छन्।

उत्पादित अचार बोकेर रुरु मेलादेखि स्थानीय बजारमा पुगे। तर, सोचेअनुसारको बिक्री नभए पनि निराश बने। बजारमा कलरले चिटिक्क पारिएको अचारसँग स्थानीय अचारले बजार पाउन मुस्किल छ। थुप्रैपटक अचार नबिकेर फाल्नुपरेको दुःखेसो गौतमले गरिन्।

बट्टा, मसला र मिक्चर, कराईलगायत अचारको कच्चा पदार्थ खरिदमा थुप्रै रकम लागे पनि सोचेअनुसारको अचार बिक्री नभएपछि गाउँपालिकासँग समन्वय गरेर व्यवसायको आगामी रणनीति बनाउने गौतमले बताइन्। उनले पछिल्लोपटक पनि थुप्रै अचार बनाएकी छिन्। उनी रहर पालिकामा आएकी होइनन्। उत्पादनको बजारीकरणको ध्यानाकर्षण गराउन गाउँपालिकामा आएको गौतमले बताइन्।

‘पालिकाले सीपसँगै बजारीकरणमा सहयोग नगरे उद्यमी विस्थापित बन्छन् । मैले पनि आगामी दिनमा व्यवसायबारे सोच्नपर्ने स्थिति रह्यो,’ उनले भनिन्, ‘खरिद गर्नेभन्दा गाउँमा चाख्ने धेरै छन्।’

उनका श्रीमान् दीपक गौतम मलेसियाबाट फर्किएर घरमै छन्।  सानो पसल र किसानी कर्मबीच देउरानीसँग मिलेर अचार बनाउन अगाडि बढेकी सरस्वतीले गाउँपालिकाले सहयोग गरे निरन्तर व्यवसाय अगाडि बढाउने बताइन्।

गाउँपालिकाले अचार बनाउने तालिमसँगै लघु उद्यम कार्यक्रममार्फत उद्यमी सिर्जना गर्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए। लघु उद्यमअन्तर्गत तरकारी खेती उत्पादन, पशुपालन, सिलाइकटाइ, डलकुसनलगायत साना उद्यम व्यवसायमा गाउँपालिकाले काम गरिरहेको पाण्डेयले बताए।

उनले गत वर्ष ९३ जना उद्यमी सिर्जना गरेको र यो वर्ष ४० जनालाई स्तराेन्नति तथा ८० जना नयाँ उद्यमी तयार गरिने बताए। पालिकाको तर्फबाट तालिम तथा उत्पादनको बजारीकरणको काम भएकाले नजिकका बजार, सहकारी र कोसेली घरहरूमा बिक्रीको सहजीकरण भइरहेको छ। पाण्डेका अनुसार केही समयमा उत्पादनको बजार ग्यारेन्टीसहित पोस्करबाट झोला र टोपी बनाउने तालिम सञ्चालन गर्ने योजना पालिकाको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीमा बेवारिसे अवस्थामा शव फेला, पहिचान खुलेन
पिङ हाल्ने क्रममा रूखबाट खसेर एककाे मृत्यु
रुपन्देही–२ मा काँग्रेसको टिकटक प्रतियोगिता, डिजिटल माध्यमबाट चुनावी अभियान तीव्र
गुल्मी–१ बाट कांग्रेसका युवा नेता अमृत ज्ञवालीको उम्मेदवारी आकांक्षा सार्वजनिक
गुल्मी धुर्कोटका बासु घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता ,खोजी गरिदिन परिवारजनको अपील
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?