By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपविरुद्ध बुटवलमा विरोध कार्यक्रम

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपविरुद्ध बुटवलमा विरोध कार्यक्रम

News Desk
News Desk
२०८२ पुष २०, आईतवार २२:१२

बुटवल :- भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादी हस्तक्षेप र दबाबको विरोधमा बुटवलको पुष्पलाल पार्कमा विरोध कार्यक्रम सम्पन्न भएको छ। विभिन्न वामपन्थी तथा प्रगतिशील राजनीतिक दल तथा संगठनहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा भेनेजुएलाको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामाथि भइरहेको हस्तक्षेप तत्काल बन्द गर्न माग गरिएको छ।

विरोध कार्यक्रममा सहभागीहरूले ‘भेनेजुएलाको सार्वभौम सत्तामाथिको आक्रमण बन्द गर’, ‘भेनेजुएलाबाट अमेरिकी सेना फिर्ता गर’ तथा ‘भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अविलम्ब रिहा गर’ जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए।

ब्यानरहरूमा भेनेजुएलामाथि भइरहेको अमेरिकी साम्राज्यवादी सैन्य तथा राजनीतिक हस्तक्षेपको कडा विरोध जनाइएको थियो।
विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरूले शक्तिशाली राष्ट्रहरूले कमजोर र स्वतन्त्र मुलुकहरूमाथि आर्थिक नाकाबन्दी, राजनीतिक हस्तक्षेप र सैन्य दबाब सिर्जना गर्नु अन्तर्राष्ट्रिय कानुन तथा मानव अधिकारको ठाडो उल्लङ्घन भएको बताए।

उनीहरूले भेनेजुएलाका जनताले आफ्नो भविष्य आफैं निर्धारण गर्ने अधिकार रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको बाह्य हस्तक्षेप अस्वीकार्य भएको धारणा व्यक्त गरे।

एक वक्ताले “अमेरिकी साम्राज्यवादले विश्वका विभिन्न मुलुकहरूमा अशान्ति फैलाउँदै आएको छ, भेनेजुएला पनि त्यसैको सिकार बनेको छ,” भन्दै अन्यायविरुद्ध जहाँबाट सम्भव हुन्छ त्यहींबाट आवाज उठाउनु आवश्यक रहेको बताए। अर्का वक्ताले विश्वका प्रगतिशील शक्ति र जनसमुदाय एकजुट भएर साम्राज्यवादी हस्तक्षेपविरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याए।

चिसो मौसमका बाबजुद उल्लेख्य संख्यामा सर्वसाधारण, राजनीतिक कार्यकर्ता तथा समर्थकहरूको सहभागितामा विरोध कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। आयोजकका अनुसार अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रकट गर्न यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आयोजना गरिनेछ।

कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समर्थित समूह, नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चा सम्बद्ध संगठनहरूको सहभागितामा आयोजना गरिएको हो। आयोजकहरूले विश्वभर शान्ति, स्वतन्त्रता र राष्ट्रिय सार्वभौमिकताको पक्षमा उभिन सबैलाई आह्वानसमेत गरेका छन्।

Facebook Comments Box
Total Views: 0
जेन–जी आन्दोलन प्रकरण : मानवअधिकार आयोगमा मेयर बालेनको दुई घण्टा बयान, छानबिन तीव्र
बुलिङटारका १०० विद्यार्थीलाई लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा शैक्षिक सामग्री वितरण
महानायक राजेश हमाल भन्छन् : लण्डन यात्राको तस्वीर तोडमोड गरी भोट मागिएको देख्दा अचम्म लाग्यो
भन्सारमा विवाद गर्ने कोरियाबाट फर्केका युवा काे हुन्
स्वदेशमै आत्मनिर्भरता : स्वर्गद्वारी फार्मको प्रेरणादायी यात्रा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

सुनौली बसपार्कको सरसफाइ प्रश्नमा चिन्ता : अनुगमन कागजमै सीमित कि व्यवहारमा पनि?

सिरहामा २७६ किलो गाँजा बरामद, थप अनुसन्धान जारी

जापानमा रहेका गायक सन्तोष खत्री जापानी गीत सार्वजनिक गर्ने तयारीमा

तिलोत्तमाको ‘नसिब’ गार्मेन्ट्स नयाँ व्यवस्थापनसहित ‘आयन्स’ नाममा सञ्चालन

धुर्कोट गाउँपालिकाको एसईई २०८२ नतिजा उत्साहजनक, ८३.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख ३०, बुधबार ०७:१०

कार्यान्वयनयोग्य योजना मात्रै बजेटमा समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन, मगर र थारु भाषालाई सरकारी मान्यता दिन माग

आयोग खारेजीले रुपन्देहीका हजारौँ सुकुम्बासी अन्योलमा, लालपूर्जा वितरण प्रक्रिया प्रभावित

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?