काठमाडौं :- सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभाग का अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँसम्मको थपघट हुँदा भाडा समायोजन गर्ने व्यवस्थाअनुसार नयाँ निर्णय गरिएको हो। बढेको भाडादर आजैबाट लागू भएको छ।
नयाँ व्यवस्थाअनुसार यात्रुबाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। त्यसैगरी पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले वृद्धि गरिएको छ भने तराई क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढाइएको विभागले जनाएको छ।
विभागका अनुसार यसअघि २०८१ साल पुस २२ गते भाडादर समायोजन गरिएको थियो। त्यसबेला डिजेलको मूल्य प्रतिलिटर १५०.८३ रुपैयाँ रहेको थियो।
इन्धन मूल्यको उतारचढावसँगै भाडा समायोजन हुने व्यवस्थाले यात्रु र ढुवानी क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।
यस्तो छ भाडा दर

![]()

