By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » व्यवसायी चुन्नप्रसाद पौडेलको पक्षमा जनलहर, किराना व्यवसायीको खुलेर समर्थन

व्यवसायी चुन्नप्रसाद पौडेलको पक्षमा जनलहर, किराना व्यवसायीको खुलेर समर्थन

News Desk
News Desk
२०८२ माघ २७, मंगलवार २१:३०

माघ :- २०४४ सालमा बुटवल झरेर व्यवसाय सुरु गरेका व्यवसायी चुन्नप्रसाद पौडेलले यस क्षेत्रमै व्यवसायिक पहिचान बनाउँदै पछि उद्योग क्षेत्रमा समेत लगानी गरी वरिष्ठ उद्योगीको पहिचान बनाएका छन्।आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेद्वार बनेका समाजसेवी पौडेलको पक्षमा जनसमर्थन बढ्दै गएको छ।

मंगलबार बुटवलमा आयोजित किराना व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले उम्मेद्वार पौडेललाई हेर्दा आफ्नै वर्गको प्रतिनिधि भएको अनुभूति हुने बताउँदै पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन्।उनीहरूले यस निर्वाचनमा पार्टीभन्दा पनि व्यवसायीको प्रतिनिधित्व गर्ने उम्मेद्वारलाई जिताउने प्रतिबद्धता व्यक्त गरे।

खुद्रा किराना व्यवसायी संघका अध्यक्ष गोपालकुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार कृष्णप्रसाद पाण्डे, महासचिव यमलाल बेलवासे लगायत व्यवसायीहरूले पौडेलको जीतले व्यवसायीको पहिचान स्थापित हुने र समस्याको समाधान सहज हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै उम्मेद्वार चुन्नप्रसाद पौडेलले आफू खुद्रा किराना व्यवसायबाटै उद्योगी बनेको उल्लेख गर्दै व्यवसायीका समस्या नजिकबाट बुझेको बताए।

उनले व्यवसायीका समस्या समाधानका लागि आवश्यक नीतिगत सुधार व्यवसायीहरूसँगै बसेर तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।त्यस अवसरमा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति तथा निर्वाचन परिचालन मूल समितिका संयोजक प्रजापाल गिरीले पौडेल उद्योगी–व्यवसायीका अभिभावक भएको उल्लेख गर्दै उनको जीतले क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।उनले देशको विकास र समृद्धिका लागि रुख चिन्हमा मतदान गरी पौडेललाई विजयी गराउन आग्रह गरे।

विभिन्न राजनीतिक दल परित्याग गरी बुटवलका विभिन्न वडाबाट २४ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।मुलुकको विकासका लागि स्थिर र प्रतिबद्ध पार्टी नेपाली काँग्रेस मात्रै रहेको निष्कर्षसहित, माओवादी द्वन्द्वकालमा भूमिगत जीवन बिताएकाहरू समेत काँग्रेसमा प्रवेश गरेका हुन्।देशप्रतिको निष्ठा र विकासप्रतिको समर्पण काँग्रेसमा मात्रै देखेर पार्टी प्रवेश गरेको उनीहरूको भनाइ छ।

उनीहरूलाई रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार चुन्नप्रसाद पौडेल, क्षेत्रीय सभापति प्रजापाल गिरीलगायत काँग्रेस नेताहरूले मंगलबार बुटवल उपमहानगरपालिका वडा नं. ८ मा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका थिए।यसैबीच, मंगलबार नै तिलोत्तमा नगरपालिका वडा नं. २ मा नेपाली काँग्रेसको प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रुपन्देहीमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु
गुल्मीकी एक महिलाको रुपन्देहीमा रहस्यमय मृत्युु
सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ जना घाइते
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ’ हुने
एमाले अध्यक्ष ओली मंसिर २० गते गुल्मी आउने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?