By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी–१ बाट कांग्रेसका युवा नेता अमृत ज्ञवालीको उम्मेदवारी आकांक्षा सार्वजनिक

गुल्मी–१ बाट कांग्रेसका युवा नेता अमृत ज्ञवालीको उम्मेदवारी आकांक्षा सार्वजनिक

News Desk
News Desk
२०८२ पुष १५, मंगलवार १९:१६

गुल्मी:- आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं. १ का लागि महासमिति सदस्य ई. अमृत ज्ञवालीले उम्मेदवारी आकांक्षा सार्वजनिक गरेका छन्।

पार्टीका अग्रज नेताहरूको सम्मान गर्दै ज्ञवालीले आफू पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न इच्छुक रहेको स्पष्ट पारेका हुन्। उनले गुल्मी जिल्लाको कुल जनसंख्या करिब २ लाख ४७ हजार रहेको र निर्वाचन क्षेत्र नं. १ मा करिब १ लाख २० हजार जनसंख्या बसोबास गर्दै आएको उल्लेख गरे। साथै, उक्त क्षेत्रको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको जानकारीसमेत गराए।

भू–बनोट, सामाजिक, आर्थिक, जातीय तथा सांस्कृतिक विविधता यस क्षेत्रको प्रमुख विशेषता भएको उल्लेख गर्दै ज्ञवालीले सडक, पुल, खानेपानी, सिँचाइ र विद्युतजस्ता पूर्वाधार विस्तार भए पनि ती आयोजनाको वास्तविक उपलब्धि, गुणस्तर र प्रभावकारिताबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।

उनले योजनाबिनाको बजेट वितरणलाई विकास मान्न नसकिने धारणा राख्दै २०६२/६३ पछि भएका विकास लगानीहरूको वस्तुगत मूल्यांकन हुनुपर्ने आवश्यकता औँल्याए। विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नगरी सुरक्षा, निर्भयता, न्याय, पारदर्शिता, सुशासन, शिक्षा र स्वास्थ्य सेवामा नागरिकको पहुँचका आधारमा पनि मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ।

ज्ञवालीले आधुनिक प्रविधिको प्रयोग, ग्रामीण–शहरी सम्बन्ध सुदृढीकरण, स्रोत–साधनको सही परिचालन र सेवाको न्यायपूर्ण वितरणलाई प्राथमिकतामा राखिने बताए। साथै उद्यमशीलता प्रवर्द्धन, उत्पादन वृद्धि, मानव संसाधन विकास, पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पर्क विस्तार, जलस्रोत, वनसम्पदा र निर्यातमुखी कृषि विकासलाई प्रमुख एजेन्डा बनाइने उल्लेख गरे।

लोकतान्त्रिक प्रणालीको सुदृढता, संसदीय व्यवस्था, नीतिगत नेतृत्व र कानुन निर्माण तथा स्थानीय आवश्यकताबीच समन्वय गर्दै काम गरिने प्रतिबद्धता जनाउँदै उनले अभियानलाई प्रभावकारी बनाउन नागरिकहरूबाट सुझाव, सल्लाह र विश्वसनीय सूचनाको अपेक्षा गरिएको जानकारी दिए।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु
ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरबारको ५३औं वार्षिकोत्सव सम्पन्न
सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु
विपद्मा धार्मिक संस्थाको मानवीय हात : सुपा देउराली मन्दिरद्वारा बाढीपीडितलाई ५ लाख ५५ हजार सहयोग
शिवरात्री विशेष गीत “शिव भन्दै भन्दै” चाँडै बजारमा- गायक सन्तोष खत्री
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?