By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक न्यूरो इन्टरभेन्सन सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक न्यूरो इन्टरभेन्सन सेवा सुरु

News Desk
News Desk
२०८२ कार्तिक २, आईतवार २१:१९

बुटवल :-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पहिलो पटक न्यूरो इन्टरभेन्सन सुविधा सञ्चालनमा ल्याएको छ। यससँगै ब्रेन स्ट्रोक, ट्यूमर र स्नायू रोगहरूको उपचार र निदानमा सहजता आउने अपेक्षा गरिएको छ।

न्यूरो इन्टरभेन्सन प्रविधि मस्तिष्क, मेरुदण्ड तथा तिनसँग सम्बन्धित रक्तनलीका समस्याको औषधि र सर्जरीबीचको आधुनिक उपचार पद्धति हो।

अस्पतालका न्यूरो सर्जन डा. राजिव भण्डारीको नेतृत्वमा शनिबार दुई बिरामीको एन्युरिज्म उपचार सफलतापूर्वक सम्पन्न भएको छ। उनले यो सफलताले उपचार सेवामा नयाँ उत्साह थपेको बताए।

उनीसँगै उपचारमा सहभागी डा. करुणा ताम्राकार, डा. स्मृति आचार्य, डा. सन्तोष भट्टराई र डा. मनिष पराजुलीलाई धन्यवाद ज्ञापन गरिएको छ। साथै नर्स, क्याथ ल्याब, आइसियू, एनेस्थेसिया टिम र अस्पताल प्रशासनको समेत महत्वपूर्ण योगदान रहेको बताइएको छ।

डा. भण्डारीका अनुसार यो प्रविधिबाट रगतको नलीमार्फत रोगग्रस्त भागसम्म पुगेर समस्या समाधान गरिन्छ।
यो प्रविधि विशेष गरी —

मस्तिष्कको रक्तनली फुट्ने वा अवरुद्ध हुने,

स्ट्रोक,

क्यारोटिड आर्टरी ब्लकेज,

इंट्राक्रानियल हेमोरेज,

रगत आपूर्तिबाट निर्भर ट्यूमर —
जस्ता रोगहरूमा प्रयोग गरिन्छ।


उपचारका क्रममा धातुको सानो तार राख्ने, धमनी खुलाउने, स्ट्रोकमा जमेको रगत निकाल्ने तथा असामान्य रक्तनली बन्द गर्ने कार्य गरिन्छ।
यो प्रविधि कम जोखिमपूर्ण, छिटो निको हुने र संक्रमणको सम्भावना न्यून हुने भएकाले बिरामीका लागि प्रभावकारी मानिन्छ।

अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले भने,“विशिष्ट सेवा विस्तारका क्रममा निरन्तर प्राप्त सफलताले अस्पताल परिवार र सेवाग्राही दुवैलाई उत्साहित बनाएको छ।”

 

उनका अनुसार अस्पतालले नयाँ प्रविधि र दक्ष जनशक्ति परिचालन गर्दै सेवा विस्तारलाई निरन्तरता दिने योजना अघि बढाएको छ।

Facebook Comments Box
अनेरास्ववियुद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन तथा बिरोध प्रदशन
गुल्मीकाे स्ववियू निर्वाचनमा राेचक हुने
युवा उद्धमी विकाश टण्डनकाे आकाेष: “उफ्रिने भीडले देशलाई अड्काइरहेको छ, नेपाल बन्द कहिल्यै हितमा हुँदैन”
६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता
धनगढीमा ‘स्ट्रीटलाइट’को पोल भाचिदिएपछि मेयरले यस्तो भने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता

बुटवलमा टीभीएस स्मार्ट साटासाट मेला सुरु

बुटवलमा पुस ३ देखि १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी

कान्ति माध्यमिक विद्यालयको ७२औँ वार्षिक उत्सव सम्पन्न

रुपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारणसभा सम्पन्न

जेन्–जि (Gen Z) को आवाज — आन्दोलनपछि पनि उस्तै सेवा, किन नेपाल सरकार ?

२०८२ पुष २, बुधबार ००:१५

ढिलासुस्ती, जनशक्ति अभाव र सेवाग्राहीको गुनासो : बुटवल मालपोतको यथार्थ

तिलोत्तमामा ऐतिहासिक मेला: जनचासो बढेपछि ४ दिन अवधि थप

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?